मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

: झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१२, सहरेडाँगी निवासी अन्दाजी २७ वर्षीय तिलकुमार पुरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति करिब ९ः३० बजे मेचीनगर नगरपालिका-११ मखन मिलस्थित भित्री कच्ची सडक खण्डमा तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना थियो ।

दुर्घटनामा चालक पुरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा राति करिब १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ । उनीमाथि थप अनुसन्धान ...
। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए । यसअघि आजै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत ...
। सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित चार हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका ...
। डोल्पामा अवैध जडीबुटीसहित एक जनालाई पक्राउ परेका छन् । काइके गाउँपालिका–१ लैनीको जङ्गलमा अवैध रूपमा जडीबुटी सङ्कलन गरी लुकाएर राखेको विशेष सूचनाका आधारमा प्रहरीले १ हजार २२५ किलो जटामसीसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काइके–१ खानीका २४ वर्षीय अर्जुन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरी टोलीले ४९ बोरामा राखिएको ...
: जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहानै एक बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आज बिहान करिब २ बजेतिर जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परी ...