। कलंकीमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १९ वर्षीय रुपेश पाख्रिनसहित तीन जना पक्राउ परेका छन् ।
बुधबार बिहान साढे ३ बजेतिर रुपेश र सोही ठाउँ घर भएका १८ वर्षीय रोशन पाख्रिनबीच विवाद भएको थियो । विवादपछि कुटपिट हुँदा रोशन गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।