मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरे
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरे

: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री शाह बुधबार बिहान मन्दिर परिसरमा पुगेर भगवतीको दर्शन गरेका हुन्।

मन्दिरमा करिब १० मिनेट बिताएका प्रधानमन्त्री शाह काठमाडौं फर्किएको पाँचखाल-९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्। प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र प्रमुख सल्लाहकार कुमार बेन पनि आएका थिए । उनी सडक मार्ग हुँदै काभ्रे आएका हुन् ।

पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। भगवतीको दर्शन तथा पूजाआजाका लागि यहाँ विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने गरेका छन्।

ऐतिहासिक,धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस मन्दिरमा विशेष पर्व,नवरात्र तथा अन्य धार्मिक अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ। पलाञ्चोक भगवतीलाई शक्तिस्वरूपा देवीका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा रहिआएको छ।

पलाञ्चोक भगवती मन्दिर काभ्रेपलाञ्चोक जिल्लाको धार्मिक पहिचान र ऐतिहासिक सम्पदाका रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् । ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने । जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण ...
। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल ...
: परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण ...
। यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि ...
: नुवाकोटको पिपलटारमा बाढीपीडितहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा बाढीपीडितहरूका लागि विदुर नगरपालिका-५ पिपलटार ठूलोगाउँमा आवास निर्माण गरिएको हो। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आवास हस्तान्तरण गरे। उनले सरकारले बाढीले घरबारविहीन भएकाहरुरू पुर्नवासका लागि ढिलाइ गरिरहेको बताए। अध्यक्ष ओलीले ...