मुख्य समाचार
मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको जानकारी
मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको जानकारी

। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था गर्न लागेको बताए ।

प्राकृतिक विपद्का कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनर्स्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिइएको पनि ऊर्जामन्त्री श्रेष्ठले बताए ।

विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियालाई राष्ट्रिय आवश्यकता र प्रणालीको मागअनुसार अघि बढाउन वैज्ञानिक तथा वस्तुनिष्ठ मापदण्ड तयार गरिएको उनको भनाइ छ ।

प्रस्तावित मापदण्डमा सुख्खायामको साँझको उच्च माग पूरा गर्न सक्ने उत्पादन क्षमता, सुख्खायाममा ऊर्जा योगदान, मासिक उत्पादनको स्थिरता, प्रसारण पूर्वाधारको उपलब्धता तथा आयोजनाको व्यावसायिक उत्पादन सुरु हुने मितिसम्म विद्युत् निकासी सुनिश्चित हुने अवस्थालाई प्राथमिकता दिइने मन्त्री श्रेष्ठले बताए ।

उनले निर्माणको अन्तिम चरणमा रहेका २७ जलविद्युत् आयोजनाको कुल ५४० दशमलव ४७ मेगावाट क्षमताका लागि व्यावसायिक उत्पादन सुरु हुने मिति थप गरिएको धारणा राखे ।

नेपाल–भारतबीच विद्युत् प्रवाह क्षमता आयाततर्फ १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्याततर्फ १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् । ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने । जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण ...
। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल ...
: परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण ...
। यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि ...
: नुवाकोटको पिपलटारमा बाढीपीडितहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा बाढीपीडितहरूका लागि विदुर नगरपालिका-५ पिपलटार ठूलोगाउँमा आवास निर्माण गरिएको हो। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आवास हस्तान्तरण गरे। उनले सरकारले बाढीले घरबारविहीन भएकाहरुरू पुर्नवासका लागि ढिलाइ गरिरहेको बताए। अध्यक्ष ओलीले ...