मुख्य समाचार
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

। बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्‌विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो ।

बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले भने। “बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ,” उनले भने “आइतबार बिहान ४ बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”




विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताए। उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उनको भनाइ छ ।

उनले भने “बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो ।” फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताए।



हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । “फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उनले भने, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।

बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत्विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए। विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए। “बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,” उनले भने।

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत्विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए। उनका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् । ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने । जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण ...
। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल ...
: परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण ...
। यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि ...
: नुवाकोटको पिपलटारमा बाढीपीडितहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोग र सक्रियतामा बाढीपीडितहरूका लागि विदुर नगरपालिका-५ पिपलटार ठूलोगाउँमा आवास निर्माण गरिएको हो। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आवास हस्तान्तरण गरे। उनले सरकारले बाढीले घरबारविहीन भएकाहरुरू पुर्नवासका लागि ढिलाइ गरिरहेको बताए। अध्यक्ष ओलीले ...