मुख्य समाचार
मृत बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ
मृत बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ

: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ।

भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका थिए। पोथी हात्तीले मृत बच्चालाई सुँडमा बोकेर हिँडिरहेको थियो। कहिलेकाहीँ बच्चालाई भुइँमा राखेर खानेकुरा खाने वा पानी पिउने गरे पनि उसले फेरि बच्चालाई उठाएर आफ्नो यात्रा जारी राखेको थियो।

सुरुमा उक्त दृश्यलाई आफ्नै सन्तान गुमाएकी आमाको शोकका रूपमा हेरिएको थियो। तर,पछि अनुसन्धानका क्रममा ती हात्ती मृत बच्चाकी आमा नभएको खुलेको बीबीसीमा समाचार छ।

नामिबियाका मरुभूमि हात्तीको संरक्षणमा काम गर्ने संस्था एलिफ्यान्ट ह्युमन रिलेसन एड (EHRA)का संरक्षण कार्यक्रम निर्देशक क्रिस्टिन विन्टरका अनुसार १४ वर्षीया उक्त पोथी हात्तीले दुई वर्षअघि आफ्नै बच्चा गुमाएकी थिइन्। त्यसयता उनले अन्य हात्तीका मृत बच्चालाई अलग/अलग ठाउँमा बोकेर हिँडेको अभिलेख गरिएको छ। यस क्षेत्रमा यस्तो व्यवहार पहिलोपटक अभिलेख गरिएको विन्टरको भनाइ छ।

हात्तीले मृत बच्चालाई लामो समयसम्म बोकेर हिँड्नुको कारणबारे विभिन्न अनुमान गरिएका छन्। संरक्षणकर्मीहरूका अनुसार यो व्यवहार बच्चाको मृत्यु स्वीकार गर्न नसकेको अवस्था,भावनात्मक पीडा वा मृत शरीरलाई सिकारीबाट जोगाउने प्रयाससँग सम्बन्धित हुन सक्छ। यद्यपि,यसको वास्तविक कारण भने स्पष्ट भइसकेको छैन।

अफ्रिकी सवाना हात्तीकी विशेषज्ञ तथा संरक्षण संस्था एलिफ्यान्ट भ्वाइसेजकी संस्थापक जोयस पूलले पनि हात्तीले आफ्ना सन्तान वा अन्य हात्तीको मृत्युमा शोक व्यक्त गर्ने व्यवहार देखाउने बताएकी छन्। उनका अनुसार हात्तीहरू मृत हात्तीका अवशेष नजिक जाने,हड्डी छुने र लामो समयसम्म त्यहाँ उभिने गरेको देखिएको छ। यस्ता दृश्यले हात्तीमा पनि जटिल भावना र शोक अनुभव गर्ने क्षमता रहेको बुझ्न मद्दत गर्ने उनको भनाइ छ।

घट्दै छन् मरुभूमिका हात्ती

नामिबियाका मरुभूमि हात्तीको सङ्ख्या पछिल्ला दुई दशकदेखि निरन्तर घटिरहेको संरक्षणकर्मीहरूले बताएका छन्। लामो समयसम्मको खडेरी,पानीको अभाव र मानिससँग बढ्दो द्वन्द्व उनीहरूको सङ्ख्या घट्नुका प्रमुख कारण हुन्।

संरक्षणकर्मी विन्टरका अनुसार हात्ती र मानिसबीचको द्वन्द्व प्रायः पानीका स्रोतलाई लिएर हुने गरेको छ। हात्तीले पानीका ट्याङ्की भत्काउने, पाइप तान्ने र पम्पमा क्षति पुर्‍याउने गरेपछि स्थानीय बासिन्दामा हात्तीप्रति असन्तुष्टि बढ्ने गरेको छ।

नवजात बाछाको उच्च मृत्युदर पनि गम्भीर चिन्ताको विषय बनेको छ। विन्टरका अनुसार सन् २०१४ देखि २०२२ सम्म अभिलेख गरिएका १६ बच्चामध्ये दुईवटा मात्रै बाँचेका थिए। मृत जन्मिएका बच्चा सामान्य स्वस्थ बच्चाभन्दा निकै साना हुने गरेको पनि उनले बताएकी छन्।

बाछा समयअगावै जन्मिनुमा पोथी हात्तीको कमजोर शारीरिक अवस्था र मानिससँगको द्वन्द्वका कारण उत्पन्न दीर्घकालीन तनावको भूमिका हुन सक्ने अनुमान गरिएको छ। यसबारे थप तथ्य पत्ता लगाउन संरक्षणकर्मी तथा अनुसन्धानकर्ताहरूले हात्तीको गोबरका नमुना सङ्कलन गरी वातावरणीय प्रदूषण र तनावसँग सम्बन्धित हर्मोनको अध्ययन गरिरहेका छन्।

नामिबियाका मरुभूमि हात्ती छुट्टै प्रजाति नभई सुख्खा वातावरणमा अनुकूलित भएका अफ्रिकी हात्ती हुन्। उनीहरू पानी र खानाको खोजीमा लामो दूरीसम्म यात्रा गर्छन्। संरक्षणकर्मीहरूका अनुसार खडेरी र मानव–वन्यजन्तु द्वन्द्वका कारण यो जनसङ्ख्या थप जोखिममा परेको छ।

भेरोनेसीले खिचेको तस्बिरले हात्तीको दुर्लभ व्यवहारलाई अभिलेख गर्नुका साथै वन्यजन्तुको भावनात्मक जीवन र तिनको संरक्षणको आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ। लन्डनस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयले आयोजना गर्ने ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ प्रतियोगितामा उक्त तस्बिरले सन् २०२६ को सर्वोच्च पुरस्कार जितेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...
। साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ...