मुख्य समाचार
तामाकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका आमा–छोराको पहिचान
तामाकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका आमा–छोराको पहिचान

: दोलखाको तामाकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका आमा–छोराको पहिचान खुलेको छ। काठमाडौंको गौशालास्थित एक होटलबाट गत असोज २३ गते बेपत्ता भएका दोलखाको मेलुङ गाउँपालिका–१ पवटीकी आस्मा बस्नेत खड्का र उनका १० वर्षीय छोरा आदित्य खड्का मृत अवस्थामा फेला परेका हुन्।

भीमेश्वर नगरपालिका–५ स्थित भागेखोलानजिक तामाकोशी नदी किनारमा मंगलबार बिहान रुखको जरामा अड्किएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार शवको प्रकृति र हराइरहेका आमा–छोराको विवरण मिल्दोजुल्दो देखिएपछि परिवारका सदस्यलाई खबर गरिएको थियो। दोलखाको पवटीमा रहेका परिवारका सदस्य तथा छिमेकीले शवको पहिचान गरेपछि मृतक आस्मा र उनका छोरा आदित्य भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोर्चुगलमा रहेका आस्माका श्रीमान् दिनेश खड्का तीन वर्षपछि गत असोज २१ गते नेपाल आएका थिए। उनी नेपाल आएको केही दिनमै आमा–छोरा बेपत्ता भएका थिए। आस्मा विगत एक वर्षदेखि काठमाडौंमा कोठा भाडामा लिएर छोरालाई पढाउँदै बस्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार नेपाल आएपछि दिनेश र आस्मा असोज २१ गते कोठामा सँगै बसेका थिए। भोलिपल्ट आस्माले कोठामा नबस्ने भन्दै निस्किएपछि उनीहरू गौशालास्थित एउटा होटलमा बसेका थिए। असोज २३ गते बिहान आस्मा छोरालाई लिएर पानी लिन जाने भन्दै होटलबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। आमा–छोरा बेपत्ता भएपछि श्रीमान् र आफन्तले काठमाडौंका विभिन्न स्थानमा खोजी गरिरहेका थिए।

यसैबीच, आस्माका बुबा दोलखाको शैलुङ गाउँपालिका–८ का रुद्रबहादुर बस्नेतले छोरी बेपत्ता भएको भन्दै काठमाडौंस्थित महिला सेलमा निवेदन दिएका थिए। आस्माकी मामा श्याम बस्नेतले आस्मालाई श्रीमान् र परिवारका अन्य सदस्यले पहिलेदेखि नै मानसिक तनाव दिँदै आएको दाबी गरेकी छन् । उनले घटनाको प्रकृतिबारे आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएकी छन्। प्रहरीले दोलखा आएका दिनेश खड्कालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

मृतकका मामाहरू काठमाडौंबाट आएपछि शवको पोस्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाको वास्तविक कारण भने प्रहरी अनुसन्धान र पोस्टमार्टमको प्रतिवेदनपछि मात्रै स्पष्ट हुने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता ...
। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा ...
। दसैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र बनेको छ । दसैंमा मासु खपत अत्यधिक हुने भएकाले राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो उपभोक्तामा सधैं रहने गर्छ । यही संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता ...
। गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् । उनले विशेषगरी ...