मुख्य समाचार
२०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान
२०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान

। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।
बैंकक बसाइमा अर्थमन्त्री वाग्लेले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

बैठक अवधिमा अर्थमन्त्री वाग्लेले आईएमएफ प्रबन्ध निर्देशक, विश्व बैंका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंक (एडीबी) अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै द्विपक्षीय बैठकमा २०२७ मा शक्तिराष्ट्रहरूको अन्तरसरकारी फोरम (जी२०) को अध्यक्षता गर्ने बेलायतका विदेशमन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

उनले आर्थिक विषयसँगै विपद् व्यवस्थापन प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता ...
। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा ...
। दसैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर र कुखुरा लगायत पशुपन्छी भित्रिने क्रम तीव्र बनेको छ । दसैंमा मासु खपत अत्यधिक हुने भएकाले राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो उपभोक्तामा सधैं रहने गर्छ । यही संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता ...
। गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव ...
। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् । उनले विशेषगरी ...