मुख्य समाचार
सेप्टेम्बरमै भित्रिए २१ हजारभन्दा बढी विदेशी पर्यटक
सेप्टेम्बरमै भित्रिए २१ हजारभन्दा बढी विदेशी पर्यटक

: असोज ७ गतेदेखि पोखरामा फ्लाइ दुबईले नियमित र व्यावसायिक उडान सुरु गर्‍यो। अहिलेसम्म एक दिन पानी धेरै पर्दा र अर्को एक दिन विशेष कारणबस बाहेक फ्लाई दुबईको उडान नियमित छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार फ्लाइ दुबईबाट अहिलेसम्म ३ हजार ११३ जनाले उडान भरेका छन्। तीमध्ये २ सयभन्दा बढी विदेशी पर्यटक छन्। विदेशी पर्यटकले फर्किंदा पनि पोखरा विमानस्थल प्रयोग गरेका छन्।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसेको अवस्थामा पोखरामा के होला भन्ने संशय छँदै छ। तर सुखद कुरा के भने फ्लाइ दुबईले अर्को वर्षको अक्टोबर अर्थात् ८४ सालको असोजसम्मका लागि टिकट बुकिङ खुला गरिसक्यो। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका भनाइमा यो नै उडान अब चल्छ र नियमित हुन्छ भन्ने संकेत हो।

श्रेष्ठ फ्लाइ दुबईको उडान सुरु गराउन खटिएका एक अभियन्ता पनि हुन्। पोखरामा फ्लाइ दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि विदेशी पर्यटक आगमन बढ्ने आशा पलाएको छ। अर्काे वर्षसम्मका लागि टिकट बुकिङ खुला गर्नुले पोखरामा अन्तर्राष्ट्रिय उडान निरन्तर हुने र आगामी पर्यटन सिजनमा विदेशी पर्यटकको आगमन बढ्न सक्ने अपेक्षा जगाएको छ।




असोज, कात्तिकलगायत शरद ऋतुका महिना पर्यटक आउने मौसम हो। यही बेला नेपालीका ठूला पर्व दसैं–तिहार पर्ने र तिनको बिदा हुँदा स्वदेशी खचाखच भएको पोखरेली पर्यटनको अनुभव छ। पोखरा लेकसाइडको होटल स्नोल्यान्डाका सञ्चालक गणेश थापाका अनुसार अहिले आएका पर्यटकको संख्यालाई सन्तोषजनक मान्नुपर्छ। ‘त्यति ठूलो बाढी पहिरो गएको सन्दर्भ भुलेर पनि विदेशी पर्यटक आएका छन्, नेपालीको संख्या पहिलापहिलाभन्दा कम भए पनि त्यति नराम्रो होइन,’ उनी भन्छन्। पर्यटनकर्मीसमेत रहेका माछापुच्छ«े गाउँपालिका–८ का अध्यक्ष राम गुरुङ मर्दी हिमाल पदयात्रा मार्ग पर्यटक प्रशस्त रहेको बताउँछन्। उनकै भनाइमा विदेशी पर्यटक मर्दी र अन्नपूर्ण आधारशिविरमा छन्।

‘विदेशीहरूको प्लान त वर्षौँअघिदेखि हुन्छ,’ थापा भन्छन्, ‘अनि नेपाल पुगेरै छाड्ने इच्छा भएका पर्यटकले यहाँ सुरक्षितै छ भन्ने बुझेर यात्रा गरे। फ्लाइ दुबईको उडानले पोखराका पर्यटन व्यवसायीलाई विदेशी बजारमा गन्तव्य प्रवद्र्धन गर्न पनि सहज हुने श्रेष्ठको भनाइ छ। यसअघि पोखरा आउने पर्यटकलाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कबारे आश्वस्त पार्न कठिन हुने गरेकोमा नियमित उडानले त्यस्तो अन्योल कम गर्न सक्ने उनको बुझाइ छ। ‘अब ट्राभल एजेन्सी र टुर अपरेटरका साथीहरूलाई सिधै पोखरा आउन भन्न सकिने भयो,’ श्रेष्ठले भने, ‘अब ढुक्क भएर पर्यटकलाई पोखरा आउने योजना बनाउन भन्न सकिन्छ।’

मनास्लु क्षेत्रतर्फको यात्रा प्रभावित भएपछि केही पर्यटकले अन्य गन्तव्य रोज्न सक्ने अवस्था बनेको छ। यसले पोखरा र अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकको चाप बढाउन सक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षण अधिकृत राजन पौडेल बताउँछन्। उनका अनुसार अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल जाने पर्यटकको संख्या भने राम्रो छ। ती क्षेत्रमा कतिपय समयमा बस्नका लागि कोठा पाउन कठिन हुने अवस्था छ।

पौडेलका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन समग्रमा घटेको देखिएको छैन। उनका अनुसार गत वर्षको तुलनामा सेप्टेम्बर महिनामा पर्यटकको संख्या बढी थियो। विशेषगरी विदेशी पर्यटकको आगमनमा वृद्धि देखिएको उनले बताए। पौडेलका अनुसार सेप्टेम्बर महिनामा अन्नपूर्ण संरक्षण क्षेत्रमा करिब २१ हजार पर्यटकले प्रवेश गरेका थिए। तीमध्ये करिब १० हजार ७ सय तेस्रो मुलुकका र १० हजार ३ सय सार्क क्षेत्रका पर्यटक थिए। बाढीपहिरोका कारण केही पदमार्ग प्रभावित भए पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आवागमन कायम छ।

अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य हो। मर्दी हिमाल पदमार्गमा पनि पछिल्लो समय पर्यटकको आकर्षण बढिरहेको पौडेलले बताए। उनका अनुसार मनाङ र मुस्ताङतर्फ जाने पदमार्गमा अवरोध भएपछि पर्यटकको यात्रा योजना परिवर्तन हुन सक्छ। मनास्लु क्षेत्रका बाटोमा पनि समस्या आएपछि त्यहाँ जाने योजना बनाएका पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रतर्फ आउन सक्ने अनुमान छ। पौडेलका अनुसार मनास्लु क्षेत्रको यात्रा योजना बनाएका करिब २ सयदेखि ३ सय पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा अन्नपूर्ण क्षेत्र रोज्नेबारे सोचिरहेको जानकारी आएको छ।

पोखरामा कति पर्यटक आउँछन् वा आए भन्ने यकीन तथ्यांक राख्ने निकाय नभएको पर्यटन बोर्डका जयशक्ति सर्राफ बताउँछन्। अध्यागमन र एक्यापको तथ्यांक नै विश्वसनीय हुने उनले सुनाए। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पोखराकी अध्यक्ष संगीता पौडेलको अनुभव भने अरू पर्यटनकर्मीको भन्दा केही फरक छ। उनका अनुसार बुढीगण्डकी क्षेत्रको विपद्ले ट्रेकिङ तथा ट्राभल व्यवसायमा असर पारेको छ। विपद्का कारण पहिले नै बुकिङ गरेका पर्यटकले भ्रमण रद्द गर्दा व्यवसायमा प्रत्यक्ष प्रभाव परेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी गरिएको जनाएको छ। मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीमा बेपत्ता भएकाको सन्दर्भमा ‘मृत्यु’ वा ‘मृत्युसरह’ मान्ने गरी ऐनमा संशोधन भइसकेको ...
। केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनीता खड्काको नाम पार्टीले निर्वाचित सूचीबाट हटाएको छ । पार्टी उच्च स्रोतका अनुसार उनले चुनाव जितेको भए पनि अन्तिम नाम प्रकाशनमा उनको नाम छुटाइएको छ । ‘उनीमाथिको अभियोगमा सफाइ नहुन्जेल उनलाई विजयको प्रमाणपत्र दिइने छैन,’ एक पदाधिकारीले भने, ‘अभियुक्तले बाहिर बसेर ...
: रुपन्देहीमा अटो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रोहिणी गाउँपालिका–०३, टुलटेलसस्थित हुलाकी सडक–खण्डमा भएको दुर्घटनामा मोटसाइकल पछाडी सवार सरावल गाउँपालिका–०५ की ४६ वर्षीया रितादेवी कहारको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। यस्तै, दुर्घटनामा ...
: लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रमसम्बन्धी स्थानीय तहस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् । बैंकक बसाइमा अर्थमन्त्री वाग्लेले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी ...