मुख्य समाचार
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी

साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका हुन् ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
उता हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै लगातार ड्रोन तथा मिसाइलबाट हमला गरिरहेको छ । केही दिनअघि रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी हमलामा केही मानिस पनि मारिएका थिए ।

आजमात्रै रियादको उत्तरी क्षेत्रमा तीनवटा ड्रोन अवरोध गरी खसालिएको साउदी अरबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ...
। इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादका पाँच लडाकु मारिएको दाबी गरेको छ। आईडीएफका अनुसार खान युनिस क्षेत्रमा गरिएको हवाई आक्रमणमा इस्लामिक जिहादका तीन लडाकु मारिएका छन्। मारिनेमा एक उपदस्ता कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ। उनीहरू इजरायली सैनिकमाथि आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको अवस्थामा निशाना बनाइएको आईडीएफको भनाइ ...
। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ । यसैबीच, मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ । यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय घटनाक्रम व्यवस्थापन गर्न थप चुनौती देखिएको छ । रुससँगको डिजेल सम्झौताले आफ्नै दलभित्र असन्तुष्टि, युक्रेनसँगको ऊर्जा युद्धविराम कार्यान्वयनमा अन्योल र मध्यपूर्वको तनावले विश्व बजारमा तेलको मूल्य बढ्ने जोखिम लगायतका समस्या व्यवस्थापनका चुनौती ट्रम्पसामु छन् । इन्धनको मूल्य घटाएर अमेरिकी मतदाताको असन्तुष्टि कम गर्ने प्रयासमा रहेका ट्रम्पका लागि ...
। अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका ...