मुख्य समाचार
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल

। बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।

ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए । यद्यपी नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो ।

ओमान १२औं ओभरमा ४१-६ को अवस्थामा पुगिसकेको थियो । त्यहाँबाट विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरेका थिए । ओडेरा २५ रन बनाएर आउट भए ।

जय आउट हुँदा ओमान १२८-७ को अवस्थामा थियो । त्यहाँबाट थप २२ रन जोड्दा विनायक, शाह फेसल र हस्नेन शाह आउट भए ।

नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।

करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरेका थिए ।

अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए ।

यो जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।

नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ...
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...