मुख्य समाचार
संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो
संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् ।

कोशीको विराटनगरमा आज आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरी संकुचनतर्फ लगेको आरोप लगाए ।

संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ छ ।

उनले संविधानले व्यवस्था गरेको प्रशासनिक अधिकार अहिलेसम्म पनि पूर्ण रूपमा हस्तान्तरण नगरिएको बताए । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि प्रदेश प्रहरी ऐन नबनेको र संघीय कानुनहरू संशोधन नहुँदा प्रदेश सञ्चालनमा गम्भीर समस्या पैदा भएको उनको गुनासो छ । पुराना कानुनहरूले प्रदेशको आर्थिक विकास र प्रशासनिक समृद्धिमा समेत बाधा पुर्‍याएको उनले बताए ।

संघीय संसदमा विचाराधीन संघीय निजामती सेवा ऐनजस्ता कानुन समयमा नआउँदा कर्मचारीतन्त्रमा आतंक सिर्जना भएको र कर्मचारीको मनोबल गिर्ने काम भएको मुख्यमन्त्री आचार्यले बताए ।

संविधानले दिएका वित्तीय अधिकारहरूलाई पनि संघीय सरकारले झन्–झन् संकुचन गर्दै लगेको आरोप उनले लगाएका छन् । कानूनी अड्चन र अधिकारको अभावका कारण प्रदेश सञ्चालनका निम्ति गम्भीर चुनौती सिर्जना भइरहेको बताउँदै उनले संघीय सरकारलाई तत्काल अधिकार हस्तान्तरण गर्न र आवश्यक कानुनहरू संशोधन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः ...
। रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो कुरामा मिति तोक्न सकिंदैन । ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...