मुख्य समाचार
संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको
संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको

। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

संघीयता कार्यान्वयन र अभ्यासको झण्डै १० वर्ष पुग्नै लाग्दा मुलुकले विकास, सेवा प्रवाह र शासन व्यवस्थामा ठूलो उपलब्धि हासिल गरे पनि नागरिकका कतिपय अपूरा अपेक्षाबाट सिर्जित भ्रमहरूलाई तथ्यगत रूपमा खण्डन गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री शाहीले बताए ।

भ्रमहरूलाई चिर्दै संघीयतालाई सुदृढ बनाउन र समृद्धिको मार्गमा अघि बढ्न उच्च स्तरको सहकार्य र निरन्तर मेहनत चाहिने उनको भनाइ छ ।

संघीयताको मर्म अनुसार प्रदेश सरकार, प्रदेशसभा तथा प्रदेशहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सहकार्यलाई मजबुत बनाउनु अहिलेको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले भूगोलको विकटता र अनेकौँ चुनौतीका बाबजुद नागरिकका अपेक्षाहरूलाई जोड्दै संघीयतालाई संस्थागत गर्न कर्णाली प्रदेश निरन्तर प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः ...
। रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो कुरामा मिति तोक्न सकिंदैन । ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...