मुख्य समाचार
देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी

। नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ ।

दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।




चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवं जेष्‍ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको प्रवक्ता काफ्ले बताउँछन् ।

नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ ।



सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुनसक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरूप्रति विशेष रूपमा सचेत भई सुरक्षा योजना अवलम्बन गरिएको दाबी प्रहरीको छ ।

चाडपर्वमा हुनसक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू बढ्न सक्ने विश्लेषण गरी सोही अनुसारको सुरक्षा रणनीति बनाइएको छ ।

खुला सीमानाकाहरूबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ, लागुऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले बताएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४५८ जनशक्ति परिचालन हुने प्रवक्ता काफ्ले बताउँछन् ।

जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६६८, कोशी प्रदेशअन्तर्गत ८ हजार १३३, मधेश प्रदेशअन्तर्गत ७ हजार २३०, बागमती प्रदेशअन्तर्गत ४ हजार ४९९, गण्डकी प्रदेशअन्तर्गत ५ हजार १८८, लुम्बिनी प्रदेशअन्तर्गत ७ हजार ९२१, कर्णाली प्रदेशअन्तर्गत ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४ हजार ५०५ जनशक्ति परिचालन हुनेछन् ।

साथै, सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन नागरिक–प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने छ ।

चाडपर्व सुरक्षा परम्परागत शैलीभन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता काफ्ले बताउँछन् । लामो दुरीका सार्वजनिक सवारी साधनमा यात्रुहरूको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष मध्यनजर गरी नेपाल प्रहरीबाट यात्रुको सुरक्षा तथा सडक सुरक्षा व्यवस्थापन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमतिपत्र चेकजाँच, मादक पदार्थ एवं लागुपदार्थ सेवन चेकजाँच, सिट क्षमताअनुसार यात्रु राखे/नराखेको चेकजाँच, ट्राफिक कम्युनिकेसन एपको प्रयोग गरी लामो दुरीका सवारी साधनहरूमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेस्ट गरेको प्रमाणपत्रसमेत चेकजाँच गरिने छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट १ हजार १६५ जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापनामा गरी थप ७०५ जनशक्ति परिचालन भएका छन् । यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका र भेटिएका व्यक्ति तथा सामानसम्बन्धी समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुहरूको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने र शंकास्पद गतिविधिको सूचना संकलन गरी आवश्यक रूपमा प्रहरी परिचालन गरिने छ ।

चाडपर्वको समयमा सुरक्षाको लागि उपलब्ध आधुनिक प्रविधिहरू सीसीटीभी क्यामेरा, बडीवर्न क्यामेरा, ड्रोनको प्रयोग, तालिम प्राप्त कुकुरहरू परिचालन तथा प्रहरी सञ्चार प्रणालीमार्फत रियल टाइम सूचना आदानप्रदान गरिनुका साथै सामाजिक सञ्जालहरूको निगरानी गरी सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक प्रहरी परिचालन गरिने छ ।

चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुनसक्ने नक्कली अनलाइन सपिङ, अनलाइन ठगी, बैंकिङ ठगी, ओटीपी, पिन, पासवर्ड मागेर हुनसक्ने फिसिङ लगायतको डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न त्यस्ता गोप्य विवरण कसैले माग्दैमा नदिन पनि प्रहरीले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, शहरका प्रवेश/निकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः ...
। रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो कुरामा मिति तोक्न सकिंदैन । ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...