मुख्य समाचार
चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना
चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना

: दशैं–तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

चाडपर्वका बेला आम नागरिकहरुको सहज यात्राका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्य जिल्लाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाका मुख्य बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै मुख्य बजारमा सहायता कक्ष स्थापना गरिएको उनको भनाइ छ। तोकिएकोभन्दा बढी भाडा लिएमा, क्षमताभन्दा बढी यात्रु चढाएमा र यात्राका क्रममा अर्मयादित व्यवहार भोग्नुपर्ने समस्या आइपरेमा सहायता कक्षमा जानकारी गराउन सकिने छ। ‘जस्तासुकै समस्यामा परे पनि हामीलाई खबर गरेमा तत्काल कानुनी उपचारको बाटोमा जान्छौ,’ स्याङ्जाका प्रहरी प्रमुख राठौरले भने।

लामो दूरीका सवारीसाधनमा यात्रुको सुरक्षालाई ध्यान दिँदै चालक र सहचालकको लापसे तथा मापसे जस्ता परीक्षण गरिँदै आएको छ। प्रहरीले सवारी साधन र लाइसेन्स चेकजाँच, चालकको गतिविधि, ट्राफिक नियमको पालनाबारे कडाई गरेर आवश्यक जरिवाना गर्दै आएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ कि छैन भन्ने प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको सुनुवाइ जारी छ । सुनुवाइका क्रममा जोशीले विदेशबाट मतदानका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइन् । ‘आवश्यकता ...
। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् । सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाल–जर्मनी सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै जोशीले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्द्धन, नेपाली श्रमिकको हकहित संरक्षण र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताइन् । सन् २०२८ मा नेपाल र जर्मनीबीच ...
। विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन् । गत भदौ १० मा आएको रसुवा बाढीका कारण विस्थापित भएकाहरूलाई उचित वासस्थानको व्यवस्था नभएको भन्दै आधा दर्जन संघसंस्थाले मंगलबार संयुक्त विज्ञप्तीमार्फत् यस्तो माग गरेका हुन् । ‘घर पूर्ण वा आंशिक रूपमा क्षति भएका तथा फर्केर त्यही ठाउँमा ...