मुख्य समाचार
कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफूले प्रयास गर्ने
कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफूले प्रयास गर्ने

: गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा.डा.संगम श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफूले प्रयास गर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा आफ्नो भावी योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न व्यावहारिक “नेपाल–कोरिया नवप्रवर्तन सेतु“ निर्माण गरिने बताए ।

उनले कृत्रिम बुद्धिमत्ता र भू–स्थानिक तथ्यांकलाई विपद् पूर्वसूचना,पानी व्यवस्थापन र तथ्यांकमा आधारित निर्माणमा प्रयोग गर्ने नमुना कार्यक्रम विकास गरिने उल्लेख गरे। कोरियामा हुने अध्ययन र रोजगारीलाई व्यक्तिगत अवसरमा मात्र सीमित नराखी नेपालको दीर्घकालीन मानव पुँजीमा रूपान्तरण गर्न आफूले पहल गर्ने उनको भनाइ छ ।

यसका लागि पहिलो चरणमा विद्यार्थी र इपिएस श्रमिकलाई प्रमाणित विश्वविद्यालय सूचना,भिसा नियम,भाषा तयारी र व्यावसायिक सुरक्षासम्बन्धी अभिमुखीकरण उपलब्ध गराइने श्रेष्ठले बताए।
उनले पहिलो वर्षमा एकीकृत मुद्दा तथा कोरियाली भाषामा लगानी/पर्यटन सामग्री प्रकाशन,दोस्रो वर्षमा नेपाल–कोरिया व्यवसाय गोलमेच सम्मेलन र तेस्रो तथा चौथो वर्षमा प्रत्यक्ष वैदेशिक लगानी परियोजनाहरू अगाडि बढाउने योजना रहेको सुनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आसन्न स्थानीय चुनावमा विदेशबाट मतदान सम्भव छ कि छैन भन्ने प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा उनले यस्तो बताएका हुन् । सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको सुनुवाइ जारी छ । सुनुवाइका क्रममा जोशीले विदेशबाट मतदानका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइन् । ‘आवश्यकता ...
। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् । सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाल–जर्मनी सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै जोशीले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्द्धन, नेपाली श्रमिकको हकहित संरक्षण र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताइन् । सन् २०२८ मा नेपाल र जर्मनीबीच ...