मुख्य समाचार
रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा
रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् । उनले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुँदै जाने बताए ।

विपद् ऐन संशोधन गरी बेपत्ता नागरिकलाई ४५ दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सोही व्यवस्थाका आधारमास्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको पनि बताए ।

‘हामीले नेपालको विपद् ऐनमा केही संशोधन गरेर फास्ट ट्र्याकबाट मृत घोषणाको कुरा आएको छ । राजपत्रमा प्रकाशित भएको पनि भएको छ । र त्यसलाई आधार मानेर काम गर्न सजिलो पनि भएको छ । बाढीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ७५ जिल्लाका नजागरिक प्रभावित भएका रहेछन् । यस सम्बन्धमा हामीले ७५ जिल्लाकै प्रमुख जिल्ला अधिककारीसँग छलफल पनि गरेका छौं,’ उनले भने ।



भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट ७५ जिल्लाका नागरिक प्रभावित भएको उनले उल्लेख गरे । कार्यकारी प्रमुख उप्रेतीले विपद्पछिको पुनर्निर्माणका लागि सरकारले अस्थायी आवास निर्माणको काम अघि बढाइसकेको समेत जानकारी दिए ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा बाढीबाट क्षति भएका क्षेत्रलाई संकटग्रस्त घोषणा गरी पुन:स्थापनाको काम अघि बढाइएको पनि उनले जानकारी दिए ।

‘मृत्यु प्रमाणीकरण गर्ने, मृत्युको डेटबिटी आइसकेको अवस्थाको र अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ ऐनमा जसरी संशोधन भएको छ, त्यही तरिकाले स्वदेशी र विदेशी नागरिकलाई सर्टिफिकेट दिने तयारीमा छौं । यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशैं–तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला आम नागरिकहरुको सहज यात्राका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्य जिल्लाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाका मुख्य बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ...
: हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान ...
: प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ ...
। संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् । संविधान जारी भएपछि संघीय सरकारको नेतृत्व पटक पटक फेरिएपनि प्रदेशलाई हेर्ने नजर भने नफेरिएको उनीहरुको निष्कर्ष छ । विराटनगरमा मंगलबारबाट सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’मा सहभागी ६ प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा केन्द्र सरकार ...