मुख्य समाचार
जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताए
जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताए

: जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन्।

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख गर्दै कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएका हुन्।

जर्मनीमा निर्यात बढाउनका लागि नयाँ माध्यम खोल्नु पर्ने र यसमा सुरुदेखि नै ध्यान दिने योजना रहेको उनले बताइन्। उनले पर्यटन क्षेत्रलाई बढावा दिन र विविधीकरण गर्न वेलनेस पर्यटन,ग्रिन पर्यटन र साहसिक पर्यटन जस्ता विषयहरूमा ध्यान दिनुपर्ने धारणा राखिन् । यसका लागि जर्मनीको टुर अपरेटर र नेपालको पर्यटन बोर्डबीच सहकार्य गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड दिइन्।

त्यस्तै जोशीले जर्मनीका सञ्चारकर्मी,इन्फ्लुएन्सर,ब्लगर तथा सगरमाथा चढेका व्यक्तिहरूलाई बोलाएर डिजिटल प्रचारप्रसार गरेर पर्यटक भित्राउन सकिने योजना रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन् । तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा ...
: दशैं–तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला आम नागरिकहरुको सहज यात्राका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्य जिल्लाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाका मुख्य बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ...
: हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान ...
: प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ ...