मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी

। राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् ।

उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीनवटा मध्ये विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ भने यसअघि नै जारी भइसकेको थियो ।

बाँकी दुई अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन् । तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा ...
: दशैं–तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला आम नागरिकहरुको सहज यात्राका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्य जिल्लाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाका मुख्य बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ...
: हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान ...
: प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ ...