मुख्य समाचार
दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्
दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्

। दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा छन्।

पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा ल्याइसकिएको छ। केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिनअघि बजारमा आइपुग्ने उनले बताए।

गण्डकी प्रदेशका अन्य जिल्लाबाट पनि स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याइन्छ। अधिकारीका अनुसार केही व्यापारीले हाटबजारमा भेडाच्याङ्ग्रा ल्याइसकेका छन् भने केहीले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन्।

यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङ्ग्राको स्वास्थ्य अवस्था र बिक्री वितरणको अनुगमन थालेको छ। अनुगमनमा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको र फूलपातीसम्म अनुगमन जारी रहने जनाइएको छ।



व्यापारीले सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट स्वास्थ्य परीक्षण गराई प्रमाणपत्र लिएपछि मात्रै भेडाच्याङ्ग्रा ढुवानी गर्ने व्यवस्था छ। अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. ग्रिष्म न्यौपानेले चाडपर्वमा धेरै संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था र रोगको जोखिमलाई ध्यानमा राखेर अनुगमन गरिएको बताए। उनले खरिद गर्दा पशुको स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै श्वासप्रश्वास सामान्य भएको, र्‍याल नबगाएको र रौँ चिल्लो भएको च्याङ्ग्रा छान्न सुझाव दिए।

लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङ्ग्रा बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुने उनको भनाइ छ।

महानगरपालिकाको पशु सेवा शाखाका अनुसार पोखराको हाटबजारमा च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ। हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासुको माग दसैँमा पोखरा र आसपासका क्षेत्रमा उच्च हुने गर्छ। पोखरामा सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट खसीबोका पनि ल्याएर बिक्री गरिन्छ।

मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याएको बताए। केही ठाउँमा पैदल हिँडाएर र केहीमा गाडीमा राखेर ल्याएको उनले जानकारी दिए। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भएको उनको भनाइ छ।

“यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो। पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन,” उनले भने।

बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनमा हुने खर्चका कारण च्याङ्ग्राको मूल्य महँगो पर्ने गरेको देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो । रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...
: दसैं, तिहार र छठलाई लक्षित गर्दै मोरङमा १ हजार १ सय ४० जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, ठगी, तस्करीदेखि सवारी दुर्घटनासम्मका जोखिम नियन्त्रण गर्न प्रहरीले जिल्लाका ३१७ भन्दा बढी स्थानमा सुरक्षा निगरानी बढाएको हो। भारतसँग खुला सीमा जोडिएको र कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष ...
। बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन ...
। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, ...