मुख्य समाचार
बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने बताए
बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने बताए

: बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने बताएका छन्।

सोमबार संसदीय सुनुवाई समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जबराले नेपालबेलायत साझेदारीलाई सुदृढ बनाउने र यस सम्बन्धबाट दुवै देशका जनताका लागि अझ बढी अवसर र लाभ सुनिश्चित गर्न योगदान गर्ने लक्ष्य राखिएको बताए।

उनले राजदूत पदको जिम्मेवारी विनम्रता, धैर्य र सिक्ने इच्छाका साथ ग्रहण गर्ने बताए। आफू राजदूत पदमा नियुक्ति भएमा परराष्ट्र मन्त्रालय, नेपाल सरकार र लन्डनस्थित नेपाली दूतावासको टोलीसँग निकट समन्वयमा रहेर काम गर्ने उनले बताए।

उनले नेपाललाई गरिमाका साथ प्रतिनिधित्व गर्ने, नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख गरे। सैनिक सेवामा ४२ वर्ष बिताइसकेपछि पनि नेपालका लागि योगदान गर्न बाँकी छ भन्ने विश्वास रहेको र आफ्नो लामो अनुभवलाई कूटनीतिक सेवामा प्रयोग गर्न चाहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो । रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...
। दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा छन्। पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा ...
: दसैं, तिहार र छठलाई लक्षित गर्दै मोरङमा १ हजार १ सय ४० जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, ठगी, तस्करीदेखि सवारी दुर्घटनासम्मका जोखिम नियन्त्रण गर्न प्रहरीले जिल्लाका ३१७ भन्दा बढी स्थानमा सुरक्षा निगरानी बढाएको हो। भारतसँग खुला सीमा जोडिएको र कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष ...
। बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन ...