मुख्य समाचार
खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने
खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने

: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस प्रदेशबीच खेलकुदको विकास र प्रवर्द्धनका लागि द्विपक्षीय समझदारी गर्ने तयारी छ। अन्य प्रदेशसँग पनि सहकार्य विस्तार गर्ने आधार तयार पार्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए।

सम्मेलनमा प्रदेशहरूले खेलकुद क्षेत्रमा हासिल गरेका उपलब्धि, विद्यमान चुनौती, खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षण तथा प्रतियोगिताका अवसर आदानप्रदान र आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलगायत विषयमा छलफल हुनेछ। प्रदेशहरूबीच खेलाडी, प्रशिक्षक तथा प्राविधिक जनशक्तिको अनुभव आदानप्रदान गर्दै खेलकुद विकासमा सहकार्य गर्ने विषयलाई सम्मेलनले प्राथमिकता दिनेछ। कुनै प्रदेशमा राम्रो प्रदर्शन भइरहेका खेल विधामा अन्य प्रदेशका खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगिताको अवसर दिने र आफू कमजोर रहेका खेल विधामा सम्बन्धित प्रदेशसँग सहकार्य गरेर खेलाडीको क्षमता सुधार गर्ने योजना अघि सारिएको छ।

‘जुन खेलमा हामी कमजोर छौं त्यस खेल राम्रो भएको प्रदेशमा गएर हाम्रा खेलाडीले प्रशिक्षण र प्रतियोगिताको अवसर पाउनेछन्। कोशी बलियो भएको खेलमा अन्य प्रदेशका खेलाडीलाई पनि ल्याएर खेल तथा प्रशिक्षण गराउने योजना छ’, सदस्यसचिव घोषले भने। उनका अनुसार ‘होम एन्ड अवे सिरिज’ अवधारणामा आधारित सहकार्यले खेलाडीलाई फरक वातावरणमा प्रशिक्षण लिने र प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट कमजोर खेल विधाको स्तर सुधार गर्नुका साथै खेलाडीको अनुभव र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमार्फत प्रदेशहरूबीच नियमित द्विपक्षीय प्रतियोगिता, मैत्रीपूर्ण खेल तथा संयुक्त प्रशिक्षण सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। उत्कृष्ट टोली र खेलाडीको क्षमतालाई एकअर्काको विकासमा उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको घोषले बताए।

सम्मेलनको अर्को महŒवपूर्ण एजेन्डा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी हो। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने प्रतियोगितामा ३२ खेल समावेश छन्। प्रतियोगितामा प्रदेशको प्रदर्शन सुधार गर्न खेलाडीको तयारी, नियमित प्रशिक्षण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका विषयमा सदस्यसचिवहरूबीच अनुभव आदानप्रदान हुनेछ।

‘खेलाडी उत्पादनलाई प्रतियोगितामा सहभागितासँग मात्रै जोडेर हुँदैन’, घोषले भने, ‘नियमित प्रशिक्षण, प्रतिस्पर्धाको अवसर, प्राविधिक अनुभव आदानप्रदान र खेलाडीको दीर्घकालीन प्रोत्साहनलाई सँगसँगै अघि बढाउनुपर्छ।’ कोशी प्रदेश खेलकुद विकास बोर्डले मधेस प्रदेशसँगको समझदारीपछि अन्य प्रदेशसँग पनि खेलकुद सहकार्य विस्तार गर्ने तयारी गरेको छ। सम्मेलनले त्यसका लागि आवश्यक कार्यदिशा तय गर्ने घोषले बताए।
सदस्यसचिव घोषका अनुसार खेलकुदमार्फत प्रदेशहरूबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउनुका साथै चतरामा सम्मेलन आयोजना गर्दा आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्नेछ। सम्मेलनमा कोशीका सदस्यसचिव घोषसहित मधेसका शिवजीप्रसाद कानु, बागमतीका दीपक लामा, गण्डकीका श्रीधर शर्मा, लुम्बिनीका तिरनअन्दाज गौतम, कर्णालीका रवीन्द्र चन्द र सुदूरपश्चिमका लोकबहादुर खड्का सहभागी हुनेछन्।

खेल क्षेत्रका अगुवा, प्राविधिक एवं खेलाडी पनि सम्मेलनमा सहभागी हुनेछन्। यसअघिका विभिन्न खेल कार्यक्रमहरूमा खेलकुदका पदाधिकारी र कर्मचारीहरू मात्रै पुग्ने गरेका थिए। यसपटक खेलाडी र खेल प्राविधिकलाई समेत लक्षित गरेर कार्यक्रमहरू तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ...
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...