मुख्य समाचार
पुनर्निर्माणमा छैन तदारुकता, विज्ञ भन्छन्– चाहिन्छ रणनीतिक ढाँचा
पुनर्निर्माणमा छैन तदारुकता, विज्ञ भन्छन्– चाहिन्छ रणनीतिक ढाँचा

: मुलुकमा शाहवंशीय शासनअघि नै तिब्बत–चीन जोड्ने रणनीतिक बाटो थियो– नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट–रसुवा लिच्छविकालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर, यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढीले ध्वस्त बनायो।

भदौ १० को भोटेकोशी जलप्रलयले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षतिमात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्‍यो। अर्थात् उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो।

भारत र चीन जोड्ने यो मार्गअन्तर्गत रसुवागढीदेखि चितवनसम्म भोटेकोशी बाढीले प्रभाव पार्‍यो। तर, विपद्को डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन। खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो, पुल र सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद हुँदा स्थानीय तुइन, ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छन्।




पुनर्निर्माण र पुनर्स्थापनामा अलमल
सरकारले खोज, उद्धार र राहतको काम स्थगित गरेको छ। तर, प्रभावित क्षेत्रमा अझै गतिलो ‘कनेक्टिभिटी’ बन्न सकेको छैन। बेत्रावतीमा रसुवा र नुवाकोट जोड्ने बेलिब्रिजको काम सुस्त गतिमा भइरहेको छ भने नुवाकोटको तादी खोलामा एउटा बेलिब्रिज र केही झोलुंगे पुलहरूमात्र निर्माण भएका छन्।

भोटेकोशी, बुढीगण्डकी त्यसपछि कालीगण्डकी लगायतका नदीहरूमा लगातार विपद् आएका कारण पुनर्निर्माण र पुनर्स्थापना कसरी अगाडि बढाउने भन्नेमा सरकार अलमलमै छ। प्रभावित क्षेत्रमा यातायात तथा सञ्चार पुनर्स्थापना गर्न सरकारलाई धौ–धौ परिरहेको छ। रसुवाका बाढी प्रभावित क्षेत्रहरू पूर्णरूपमा विच्छेद छन्। नुवाकोटकै कतिपय प्रभावित क्षेत्रमा अझै पनि तुइनबाट यात्रा गर्नुपर्ने बाध्यता छ। बेत्रावतीमा रसुवा र नुवाकोटलाई जोड्ने बेलिब्रिजको काम भइरहे पनि पूरा भइसकेको छैन। रसुवागढी, टिमुरे, स्याफ्रुबेंसीलगायतका प्रभावित ठाउँहरूमा अझै सडक सम्पर्क पुग्न सकेको छैन।

सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएका कारण तुइनको जोखिमपूर्ण यात्रा गर्न नागरिकहरू बाध्य छन्। पूर्वाधार अभावमा ड्रोन र हेलिकप्टरकै भरमा खाद्यान्नलगायतका सामग्री ढुवानी गर्नुपर्ने अवस्था छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अन्तर्राष्ट्रिय अभ्यासमा नै विपद्को खोज र उद्धार चक्र २१ दिनदेखि एक महिनासम्म चल्ने जानकारी दिए। उनले भने, ‘विपद्को सुरुमा खोज र उद्धारको चक्र हुन्छ, जुन २१ दिन वा बढीमा एक महिनासम्म चल्छ। अब मुलुक पुनर्स्थापना र पुनर्निर्माणको नयाँ युगमा प्रवेश गरेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा छन्। पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा ...
: दसैं, तिहार र छठलाई लक्षित गर्दै मोरङमा १ हजार १ सय ४० जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, ठगी, तस्करीदेखि सवारी दुर्घटनासम्मका जोखिम नियन्त्रण गर्न प्रहरीले जिल्लाका ३१७ भन्दा बढी स्थानमा सुरक्षा निगरानी बढाएको हो। भारतसँग खुला सीमा जोडिएको र कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष ...
। बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन ...
। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, ...
: बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने बताएका छन्। सोमबार संसदीय सुनुवाई समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जबराले नेपालबेलायत साझेदारीलाई सुदृढ बनाउने र यस सम्बन्धबाट दुवै देशका जनताका लागि अझ बढी अवसर र लाभ सुनिश्चित गर्न योगदान गर्ने लक्ष्य राखिएको बताए। उनले राजदूत पदको जिम्मेवारी विनम्रता, धैर्य र सिक्ने इच्छाका साथ ...