मुख्य समाचार
एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा
एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा

। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो। यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपर्निकसले जनाएको छ।

गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो। यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो।

कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोका कारण सन् २०२७ सम्म पनि मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताए। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ।

एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो। यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढाउन सक्छ। यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्छ र नौदेखि १२ महिनासम्म रहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्ला अदालत कपिलवस्तुको फैसला कार्यान्वयन गर्ने क्रममा २०८३ असोज २१ र २२ गते उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा पेस ...
। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहीत रहेको बताएका छन् । सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । साइबर अपराध, अन्तरदेशीय अपराध र विपद व्यवस्थापनजस्ता बदलिँदो ...
। त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, थप मर्मतसम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार, आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त मार्ग ...
। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ । उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टकर) दीक्षित भएका छन् । दीक्षित समारोहमा प्रधानमन्त्री बालेन शाह समेत सहभागी भएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन ...
। नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो । नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ । संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण ...