मुख्य समाचार
इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ
इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ

। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।

दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् ।

खानका समर्थकहरूले कठोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।

पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको जनाएको छ । एक प्रशासनिक अधिकारीका अनुसार उहाँलाई आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखेर पछि अर्को स्थानमा सारिएको थियो । अधिकारीले उहाँलाई कहाँ सारिएको हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।



खैबर पख्तुनख्वा पीटीआईको बलियो आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म त्यहाँको पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक भएको दाबी गरेको छ ।

पीटीआईले भने संवैधानिक उपायको विरोध गर्दै त्यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारको सत्ता कब्जाको प्रयास भनेको छ ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। सन् २०२३ मेमा भएका सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शनपछि उनले भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप सामना गरिरहेका छन्। खान र उनको कानूनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका ...
। स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् । आक्रमणमा परेको अर्को जहाजमा सवार सबै ११ भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको छ । भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर ११ मा दुई छुट्टाछुट्टै तेल ट्यांकरमाथि आक्रमण भएको हो । निकारागुआको झण्डा रहेको ‘एमटी पेट्रो डल्फिन’ ...
। युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा क्षेत्रीय डेटा सेन्टर, सञ्चार केबल तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारलाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ । यसैबीच, इजरायलका पूर्व महान्यायाधिवक्ता अविचाई म्यान्डेलब्लिटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतसमक्ष बयान दिएका छन् । ...
: ओमानको सोहार तट नजिकै आइतबार भारतीय चालक दल सवार एक तेल ट्यांकरमा ड्रोन आक्रमण भएको छ।‘एमटी पेट्रो डल्फिन’ नामक उक्त भारतीय ट्यांकरमा ११ जना सवार थिए । आक्रमणमा परी दुई जना नाविक बेपत्ता भएका छन् भने नौ जनाको सकुशल उद्धार गरिएको छ। आक्रमणपछि समुद्री क्षेत्रमा खटिएका स्थानीय सुरक्षा निकाय तथा ओमानी तटरक्षक बलले द्रुत गतिमा ...
। दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। ...