मुख्य समाचार
समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको
समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू मानवतावाद चाहेको बताए।

तर, मानवतावादको आडमा त्यसविपरीत काम गर्नेहरू पनि थुप्रै रहेको बताए।

'हामी न्यायको बाटोमा हिंड्न चाहन्छौं। समाज शान्ति भएको देख्न चाहन्छौं। शान्तिका लागि र संगठित समाजका लागि जनताले प्रतिवाद गर्न सक्छन्। त्यसलाई हामी आन्दोलन भन्छौं। 'आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन। संगठित शक्तिले प्रतिवादका माध्यमबाट गर्ने आन्दोलन हामीले भनेका हौं,' उनले भने।

उनले देश र जनताका लागि मात्र नभएर समाजमा न्याय, शान्ति र लोकतन्त्रका लागि समाजवाद आन्दोलन आवश्यक रहेको बताए।

उनले अहिले लोकतन्त्रलाई नै खतरा पुर्‍याउने काम भइरहेको बताए। त्यसको बचाउका लागि आफूहरूले आन्दोलनसम्म गर्न सकिने बताए। 'हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ। ७७, ७८ र ८० सालमा हामीमाथि कम्तीको घेराबन्दी थिएन। हाम्रा नेताहरूलाई त्यसबेला तितरबितर पारियो। हामीले पार्टीलाई फेरि पुनर्गठन गर्‍यौं। अहिले त्यस्तै हाम्राविरुद्ध मोर्चाबन्दी भइरहेको छ,' उनले भने।

उनले गत संसदीय निर्वाचनमा सारा पार्टी आफूहरूविरुद्ध लागेको बताए। पार्टीले मात्र नभएर सामाजिक सञ्जालको दुरुपयोग गरेरसमेत आफूहरूको लोकप्रियतालाई गिराउने काम गरेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उनले सो कुरा बताएका हुन् । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन पनि दिए । पेशागत आचरण र अनुशासन कायम गर्दै ...
। स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो । बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो । सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...