मुख्य समाचार
बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित
बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित

। आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित रहेका छन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार पदमार्गमा भने क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा अड्किएका मानिसको उद्धारको काम नेपाल सरकारको सहयोगमा भइरहेको छ । चुम भ्याली पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ ।

सार्दीभिरमा रहेको क्यान्टिलिभर झोलुङ्गे पुल पूरै बगेको छ । जसले गर्दा उक्त पदमार्ग अवरुद्ध हुन पुगेको हो । माछाखोलादेखि जगतसम्मको बाटोका धेरै स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको छ ।

यस क्षेत्रको सोती, खोर्लाबेँसी, तातोपानी, यारु बगर र जगत बगरमा पदमार्गमा क्षति पुगेको छ । सल्लेरी क्षेत्रको पदमार्ग समेत क्षतिग्रस्त बनेको छ ।

उता, लार्केपास जान चाहने पदयात्रीले भने हेलिकप्टरबाट सिधै फिलिमसम्म जान सक्ने विकल्प छ । फिलिमदेखि लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलादेखि जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

मौसमको अवस्था र क्षतिका आधारमा प्रभावित पदमार्ग मर्मत गरी पुन: सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ । साथै, आयोजनाले अर्को सूचना जारी नभएसम्म चुमभ्याली पदयात्रा स्थगि गर्नसमेत सूचित गरेको छ । क्षतिग्रस्त स्थानबाट बाटो र नदी पार नगर्न समेत सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उनले सो कुरा बताएका हुन् । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन पनि दिए । पेशागत आचरण र अनुशासन कायम गर्दै ...
। स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो । बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई ...
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो । सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...