मुख्य समाचार
चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले चीनबाट व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने बताए
चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले चीनबाट व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने बताए

: चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले चीनबाट व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा सुनुवाईका क्रममा शर्माले राजदूत पदको जिम्मेवारी पाएमा राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र नेपाल सरकारले व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउने मुख्य उद्देश्य रहने बताए।

उनले सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, आन्तरिक मामिलामा अहस्तक्षेप र नेपालको 'एक चीन’ सिद्धान्तप्रतिको प्रतिबद्धता दुईदेशबीचको सम्बन्धका मुख्य आधारहरू भएको बताए। उनले यसअघि भएका सम्झौताहरूको कार्यान्वयनमा निरन्तर ध्यान दिँदै नेपालको उत्पादन र पर्यटन विकासका लागि चिनियाँ बजारमा पहुँच विस्तार गर्ने र उत्पादनशील लगानी आकर्षित गर्न सहजीकरण गरिने उल्लेख गरे।

सीमा तथा पारवहन व्यवस्थालाई भरपर्दो बनाउने, विपत् उत्थानशीलतामा सहकार्य प्रवर्द्धन गर्ने र नेपाली नागरिकलाई प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने काममा प्रयासहरू लक्षित हुने उनको भनाइ छ।

उनले पारवहन सम्झौताअन्तर्गत चीनका चार समुद्र र तीन स्थल बन्दरगाहहरूलाई प्राप्त पहुँचमार्ग छिटो सुचारु गराएर नेपाललाई अन्तर्राष्ट्रिय ट्रेडमा जोड्नप्रयत्न गरिने समेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो । सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...
। चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले शर्माको संसदीय सुनुवाइ जारी छ । कनेक्टिभिटी, पारवहन र सीमा सहयोग सम्बन्धमा प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘१४ वटा परम्परागत सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन र सुधार गर्न पहल गर्नेछु ।’ नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत ...
: भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चलनाथ पाण्डेले भारतसँगको व्यापार असन्तुलन कम गर्न विद्युत् निर्यात नै मुख्य माध्यम बन्न सक्ने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा पाण्डेले सहज रुपमा विद्युत् आयात–निर्यात गर्न आफूले भूमिका खेल्ने बताएका हुन्। परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने उनको भनाइ ...
। गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान आएको बूढीगण्डकीको बाढीले भाँच्यो। पुलको तीन स्पानमध्ये एक भाग भाँचिएर बगेको हो। पुल बगेसँगै यहाँको सडक सम्पर्क टुटेको छ। सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो। अहिले सेनाले डोजरको सहायतामा लेदो पन्छाएर पुल निर्माणको तयारी गरिरहेको छ। सडक डिजिभन कार्यालय हेटौँडाबाट ...