मुख्य समाचार
विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया
विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया

: विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि छलफल भइरहेको समिति सचिवालयका सहसचिव (कानुन) लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। गौतमका अनुसार आजको बैठकमा प्रस्तावित १३ जना राजदूतमध्ये चारजनाको संसदीय सुनुवाइ भइरहेको हो।

बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि छलफल भइरहेको छ। बैठकमा उजुरीकर्ताहरूलाई समेत बोलाएर छलफल गर्ने कार्यसूची रहेको छ।

सुनुवाइका लागि भारतका लागि प्रस्तावित डा.निश्चलनाथ पाण्डे,चीनका लागि प्रस्तावित कल्याणराज शर्मा,अमेरिकाका लागि प्रस्तावित चिरञ्जीव थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौरवशमशेर जबरालाई समितिमा बोलाइएको छ।

सरकारले भारतका लागि पाण्डे,चीनका लागि शर्मा,अमेरिकाका लागि थापा र संयुक्त अधिराज्यका लागि जबरालाई राजदूतमा सिफारिस गरेको हो। गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरूविरुद्ध ७ उजुरी परेका छन्।

प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे, भारत
२. डा. कल्याणराज शर्मा, चीन
३. चिरनजंग थापा, संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत
५. जिग्यान कुमार थापा, जापान
६. सुरेशकुमार कर्ण, इजरायल
७. प्राप्ति शेरचन, स्पेन
८. सरू जोशी, जर्मनी
९. डा. पद्माक्षी राणा, ओमान
१०. चूडामणि खरेल, मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया
१२. डा. मंचल झा, श्रीलंका
१३. गिरीबहादुर सुनार, साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान आएको बूढीगण्डकीको बाढीले भाँच्यो। पुलको तीन स्पानमध्ये एक भाग भाँचिएर बगेको हो। पुल बगेसँगै यहाँको सडक सम्पर्क टुटेको छ। सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो। अहिले सेनाले डोजरको सहायतामा लेदो पन्छाएर पुल निर्माणको तयारी गरिरहेको छ। सडक डिजिभन कार्यालय हेटौँडाबाट ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू मानवतावाद चाहेको बताए। तर, मानवतावादको आडमा त्यसविपरीत काम गर्नेहरू पनि थुप्रै रहेको बताए। 'हामी न्यायको बाटोमा हिंड्न चाहन्छौं। समाज शान्ति भएको देख्न चाहन्छौं। शान्तिका लागि र संगठित समाजका लागि जनताले प्रतिवाद गर्न सक्छन्। त्यसलाई ...
। आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित रहेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार पदमार्गमा भने क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा अड्किएका मानिसको उद्धारको काम नेपाल सरकारको सहयोगमा भइरहेको छ । चुम भ्याली पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ । सार्दीभिरमा रहेको क्यान्टिलिभर झोलुङ्गे पुल ...
। आइतबारको बुढीगण्डकी बाढीले एक दर्जन खानेपानी आयोजनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने विशालटार आरुघाट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसले वडा नम्बर २ मा खानेपानी आपूर्ति प्रभावित भएको छ । सोही गाउँपालिकामा मन्पाङ खानेपानी आयोजनामा पनि क्षति पुगेको छ । जसले एक ...
: दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बसपार्क क्षेत्रबाट यात्रुहरुलाई गन्तव्यसम्म सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको अगुवाईमा जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयसहित विभिन्न ...