मुख्य समाचार
आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त
आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त

। संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित नेपाली राजदूत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै थापाले नेपालको राष्ट्रिय हित र कुटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताएका हुन् ।

थापाले अमेरिकामा कन्सुलर सेवाको भारलाई व्यवस्थापन गर्न नविनतम उपाय अपनाउने योजना सुनाए । उनले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परे बिदाको दिनमा पनि सेवा प्रवाह गर्न र बजेट व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताए ।

अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली नागरिक र त्यहाँको डायस्पोराको बलियो सञ्जाललाई नेपालको विकास र सांस्कृतिक सम्पदा फिर्ता ल्याउने कार्यमा उपयोग गरिने उनको भनाइ छ ।



सुरक्षा सहयोगका सन्दर्भमा थापाले संयुक्त राज्य अमेरिकाले दिँदै आएको सहयोगको प्रशंसा गर्दै त्यसलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्ने जिकिर गरे । उनले पछिल्लो समय प्रविधि र साइबर सुरक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रविधि हस्तान्तरणमा विशेष पहल गर्ने बताए ।

‘नेपाल सरकारको निर्देशन र गाइडलाइन्सभित्र रहेर पिस किपिङ र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन म सक्रिय हुनेछु,’ उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय हितभन्दा ठूलो अरू केही हुँदैन । मलाई कुनैपनि संस्था वा व्यक्तिसँगको सम्बन्धले मेरो कूटनीतिक कार्यमा बाधा पुर्‍याउने छैन ।’

अमेरिकामा आफू पढ्दा र काम गर्दा बनाएका व्यक्तिगत सम्पर्कहरूलाई कुटनीतिक पहुँच विस्तार गर्न र दुई देशबीचको उच्चस्तरीय भ्रमणको वातावरण तयार पार्न प्रयोग गर्ने योजना रहेको उल्लेख गरे ।

कूटनीतिलाई ‘सम्झाउने र मनाउने कला’ भन्दै आफ्नो अनुभव र कुटनीतिक सञ्जालको अधिकतम उपयोग गरेर नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिज्ञा गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान आएको बूढीगण्डकीको बाढीले भाँच्यो। पुलको तीन स्पानमध्ये एक भाग भाँचिएर बगेको हो। पुल बगेसँगै यहाँको सडक सम्पर्क टुटेको छ। सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो। अहिले सेनाले डोजरको सहायतामा लेदो पन्छाएर पुल निर्माणको तयारी गरिरहेको छ। सडक डिजिभन कार्यालय हेटौँडाबाट ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू मानवतावाद चाहेको बताए। तर, मानवतावादको आडमा त्यसविपरीत काम गर्नेहरू पनि थुप्रै रहेको बताए। 'हामी न्यायको बाटोमा हिंड्न चाहन्छौं। समाज शान्ति भएको देख्न चाहन्छौं। शान्तिका लागि र संगठित समाजका लागि जनताले प्रतिवाद गर्न सक्छन्। त्यसलाई ...
। आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले त्यस क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित रहेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार पदमार्गमा भने क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा अड्किएका मानिसको उद्धारको काम नेपाल सरकारको सहयोगमा भइरहेको छ । चुम भ्याली पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ । सार्दीभिरमा रहेको क्यान्टिलिभर झोलुङ्गे पुल ...
। आइतबारको बुढीगण्डकी बाढीले एक दर्जन खानेपानी आयोजनामा क्षति पुगेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने विशालटार आरुघाट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसले वडा नम्बर २ मा खानेपानी आपूर्ति प्रभावित भएको छ । सोही गाउँपालिकामा मन्पाङ खानेपानी आयोजनामा पनि क्षति पुगेको छ । जसले एक ...
: दशैं र तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरी लुम्बिनी प्रदेशका ६८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बसपार्क क्षेत्रबाट यात्रुहरुलाई गन्तव्यसम्म सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको अगुवाईमा जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयसहित विभिन्न ...