मुख्य समाचार
गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता
गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता

: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्।

आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम भइरहेको बताए।

गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक ...
। शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय ...
। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको ...
। नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका हुन् । देउवाले राजीनामा नदिएको अवस्थामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै ...