मुख्य समाचार
गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन
गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन

: गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन्। बाढीले घर, गोठ, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-६, चुम्लिङ नजिकै उर्लुङ खोलाबाट गेग्रान बहाब आई धार्चे खोला हुँदै बुढीगण्डकी नदीमा ठूलो बाढी आएको हो।

बाढीका कारण प्रारम्भिक विवरणअनुसार पाँच जना सम्पर्कविहीन छन्। बाढीले घरमा पूर्ण तथा आंशिक क्षति पुर्‍याउनुका साथै गोठ, झोलुङ्गे पुल, जलविद्युत् आयोजना र सवारीसाधनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट हालसम्म दुईवटा पक्की पुल, दुईवटा झोलुङ्गे पुल, तीनवटा जलविद्युत् आयोजना र चारवटा भवनमा क्षति पुगेको छ। त्यस्तै ४५ घर पूर्ण र १७ घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन्। ३४ गोठमा क्षति पुगेको छ भने १२ वटा घर तथा गोठको खोर/गोठमा क्षति भएको विवरणमा उल्लेख छ। तीनवटा सवारीसाधनमा समेत क्षति पुगेको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८२ जनालाई नेपाली सेनाका चार हेलिकोप्टर परिचालन गरी उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्।

बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लाका स्थानीय तह तथा सरोकारवालालाई एसएमएसमार्फत सतर्कता सूचना पठाएको थियो। बिहान ६ बजे बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई पनि पूर्वसूचना सम्प्रेषण गरिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाइएको छ। सडक तथा हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा ५० थान टेन्ट, ५० त्रिपाल, २०० म्याट्रेस, २०० ब्ल्याङ्केट, २०० स्लिपिङ ब्याग, १०० सोलार लाइट, ५० किचेन सेट, १० जेनेरेटर, १३० ज्याकेट, २० हाइजिन किट, १० फुड बास्केट, १० बेबी बास्केट र २० रोयल ब्याग पठाइएको प्राधिकरणले जनाएको छ।

घटनाको अवस्था पत्ता लगाउन ड्रोन तथा भूमिसहितको तीनवटा टोली परिचालन गरिएको छ। गोरखा, लमजुङ र तनहुँका जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश अस्पताल र आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।

उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७०० भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...