मुख्य समाचार
आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिको विश्वासको शिर कहिल्यै नझुक्ने
आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिको विश्वासको शिर कहिल्यै नझुक्ने

: नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिको विश्वासको शिर कहिल्यै नझुक्ने बताएका छन्।

महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले म नभई हामी भन्ने भावनाले अगाडि बढ्ने बताए।

‘म प्रतिबद्ध छु, तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ भण्डारीले भनेका छन्,‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’

उनले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरे। भण्डारी ३७३५ मत प्राप्त गर्दै १५ औँ महाधिवेशनमार्गत कांग्रेस खुला उपसभापति निर्वाचित बनेका हुन्। उनीसँगै ई. मधु आचार्यले २३४२ मत ल्याउँदै विजयी भए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...