। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’
नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवाले विपद्को समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई अनुरोध समेत गरेका छन् ।