मुख्य समाचार
बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा तीव्र गतिमा उद्धार कार्य अघि बढाउन सरकारलाई आग्रह
बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा तीव्र गतिमा उद्धार कार्य अघि बढाउन सरकारलाई आग्रह

: नेपाली कांग्रेसले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा तीव्र गतिमा उद्धार कार्य अघि बढाउन सरकारलाई आग्रह गरेको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै विपद्को सामना गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका हुन्।

कांग्रेसले बाढीले पुर्‍याइरहेको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ। साथै,पार्टीका सबै नेता तथा कार्यकर्तालाई आफू सुरक्षित रही उद्धार कार्यमा जुट्न आह्वान गरेको छ।

पार्टी सभापति गगनकुमार थापाले विपद्प्रति सरकारको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ। महाधिवेशन सकेर फर्किरहेका पार्टीका नेता तथा कार्यकर्तालाई सुरक्षित रूपमा फर्कन आग्रह गर्दै बुढीगण्डकी विपद् प्रभावित आसपासका क्षेत्रका कार्यकर्तालाई तत्काल उद्धार कार्यमा जुट्न सभापति थापाले आह्वान गरेका हुन्। बाढीमा १५ जना बेपत्ता छन् भने ३६ जनाको उद्दार गरिएको छ।

आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा बाढी आउँदा ठूलो क्षति भएको छ। उङ्गिलुङ खोलाबाट आएको बाढी स्यार खोलामा थुनिएर ताल बनेर बाढीको रुप लिएको हो।

चुमनुब्री गाउँपालिकाका स्थानीयका अनुसार सल्लेरी बस्ती, दोभान, घट्टेखोला, ठाडो भर्‍याङ, जगत लगायतको स्थानमा व्यापक क्षति भएको हो।

हालमसम्म बुढीगण्डकी हाइड्रोपावर ३४१ मेगावाटको क्याप्प, सल्लेरी बस्तीका सबै घर हाइड्रोको शिविर क्याम्प बगाएको छ। यसैगरी सल्लरीको ५ वटा,घर घण्टेखोला २ घर, ठाडो भर्‍याङको झुलुगे पुल र ३ घर, जगर बगरका केही घर बगाएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...
। कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पुरा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार ...
। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ । साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली ...
: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले दक्ष जनशक्तिको अभाव देशको प्रमुख चुनौती भएको बताएका छन्। भक्तपुरको सूर्यविनायक–४, दधिकोटमा स्थापना गरिएको ‘एभरेस्ट मल्टी स्किल’को आइतबार उद्घाटन गर्दै मन्त्री यादवले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन हुन नसक्दा बेरोजगारी बढेको बताए। “बजारले खोजेको सीप र हामीले उत्पादन गरिरहेको जनशक्तिबिचको अन्तर नै अहिलेको प्रमुख चुनौती हो। एकातर्फ युवाहरू ...