मुख्य समाचार
अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाए
अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाए

। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।

अक्टोबर २०२६ मा जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैं मनाउन शुभकामना दिएका छन्।

यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र शोकका बीच आएको उल्लेख गर्दै उनले बाढीबाट भएको विनाशपछि उत्पन्न पीडा नेपाली समुदायले एक्लै सहनुपर्ने अवस्था नरहेको बताएका छन्।

पुनर्स्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि अस्ट्रेलिया नेपाली समुदायको साथमा रहने उनको सन्देशमा उल्लेख छ।

दशैंले असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको सन्देश दिने स्मरण गर्दै प्रधानमन्त्रीले यस पर्वका अवसरमा वरपरका मानिसहरूको सद्भाव, करुणा, उदारता र एकताबाट शक्ति प्राप्त गर्न सकिने बताएका छन्।

आपत्कालीन राहत अभियानमा सहयोग गर्ने हजारौँ दाताहरू तथा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन आयोजित श्रद्धाञ्जली सभामा सहभागी परिवारहरूको योगदानको प्रशंसा गर्दै उनले चुनौतीहरूको सामना समुदायको एकताबाट गर्न सकिने उल्लेख गरेका छन्।

प्रधानमन्त्री अल्बानिजीले यस दसैंले सबैमा सान्त्वना, शक्ति र आशीर्वाद प्रदान गरोस् तथा असल कार्यको भावना र आपसी एकताले सबैलाई जोडिरहोस् भन्ने कामना गरेका छन्।

उनले सन्देशको अन्त्यमा नेपाली भाषामै ‘विजया दशमीको शुभकामना’ व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूलाई जोगाउन अमेरिकी नागरिकको ज्यान र देशको स्रोतसाधन दाउमा लगाइरहेको आरोप लगाएका छन्। एक्समा लेख्दै अराघचीले नेतान्याहुलाई अरब, अमेरिकी र इरानी नागरिकको रगतले हात रङ्गिएका युद्ध अपराधका आरोपमा खोजी गरिएका व्यक्ति भन्दै न्यायको कठघरामा उभिनबाट बच्न उनले आफ्नै जनताको समेत वास्ता नगरेको आरोप लगाएका छन्। ‘आफ्नो विवेक गुमाएको जुवाडेजस्तै ...
: साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएका ३०९ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणपछि विमानस्थलको सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरिएको छ। विमानन ट्र्याकिङ वेबसाइट 'फ्लाइटरडार'का अनुसार रियादका लागि उडान भरेका तथा आउने क्रममा ...
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानी जनता शत्रुको धम्कीसँग नडराउने बताएका छन्। तेहरानमा आयोजित ग्रामीण तथा घुमन्ते समुदायका क्षमतासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीलाई सम्बोधन गर्दै पेजेस्कियानले इरानी जनता जीवित रहुन्जेल आफ्नो वीर इरानका गौरवशाली जनताको सेवक बनेर रहने बताए। अमेरिकाले आर्थिक दबाब बढाइरहे पनि युद्ध अन्त्यका लागि आफूले अघि सारेका सर्तमा कुनै सम्झौता नगर्ने अडान तेहरानले कायम राखेको छ। गत महिना ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक नोबेल शान्ति पुरस्कार नपाएकोमा कडा असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार नर्वेको नोबेल समितिले आफूलाई पुरस्कार नदिएर देशमाथि ‘कहिल्यै नमेटिने दाग’ लगाएको आरोप लगाउँदै ट्रम्पले उक्त निर्णयलाई लज्जास्पद र अपमानजनक भनेका छन्। आफूले विश्वका विभिन्न ८ वटा ठूला द्वन्द्व र सम्भावित युद्धहरू रोकेको दाबी गर्दै ट्रम्पले प्रत्येक युद्धका लागि छुट्टाछुट्टै ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार दिउँसोसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल १.१० डलर अर्थात् १.१ प्रतिशतले घटेर १०३.१८ डलरमा झरेको थियो । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ४९ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर ९१ ...