मुख्य समाचार
कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू नियमित १५औँ महाधिवेशनको तयारी गरिरहेको बताए
कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू नियमित १५औँ महाधिवेशनको तयारी गरिरहेको बताए

: नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू नियमित १५औँ महाधिवेशनको तयारी गरिरहेको बताएका छन्। १४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको उनको जिकिर छ।

सोही आधारमा १५औँ महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख गर्दै नेता सिंहले शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर सभापति घोषणा गर्दैमा त्यो मान्य नहुने बताए। साथै, उनले पार्टी पदका आकांक्षी धेरै देखिएको अवस्थामा पार्टीमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई चयन गर्न सुझाव दिए।

यसैगरी, कांग्रेस नेता मोहनबहादुर बस्नेतले देशभरका नेता तथा कार्यकर्ताहरू पार्टीको क्रियाशीलता र संगठन विस्तारका लागि लड्न तयार रहेको उल्लेख गरेका छन्। संस्थापनइतर समूहका केही व्यक्तिहरू कारबाहीको डर र धम्कीका कारण अर्को पक्षमा गएको बस्नेतको भनाइ छ।

यद्यपि, केही दिनपछि कांग्रेसका अधिकांश नेताहरू आफ्नै पक्षमा आउने दाबीसमेत उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई ...
। बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिए । सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा ...
: नेपाल-चीनबीचको उत्तरी तातोपानी नाका पाँच सातादेखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् भने राज्यले दैनिक करोडौँ राजस्व गुमाउँदै आएको छ। सरकारले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद गरिरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। ‘तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाली पक्षलाई कुनै समस्या छैन। पहिरोले अवरुद्ध भएको सडक पनि सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले ...
: सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म ...
। गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले ...