मुख्य समाचार
मिनी ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु
मिनी ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु

। वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१०, बजरंग टोलस्थित भित्री सडक खण्डमा मिनी ट्रकको ठक्करबाट भारतको बिहार राज्य, मोतिहारी जिल्ला, हरैया वडा नं. १, भलुवाहा टोलका ४५ वर्षीय खेखन पण्डितको मृत्यु भएको हो ।

आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा गइरहेका पण्डितलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका पण्डितलाई उपचारका लागि नारायणी अस्पताल, पर्सा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।



घटनापछि मिनी ट्रक चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–४, चैनपुर निवासी ३६ वर्षीय टुना देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा स्थानीयले कुटपिट गर्दा चालक देवानको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई ...
। बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिए । सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा ...
: नेपाल-चीनबीचको उत्तरी तातोपानी नाका पाँच सातादेखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् भने राज्यले दैनिक करोडौँ राजस्व गुमाउँदै आएको छ। सरकारले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद गरिरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। ‘तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाली पक्षलाई कुनै समस्या छैन। पहिरोले अवरुद्ध भएको सडक पनि सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले ...
: सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म ...
। गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले ...