मुख्य समाचार
मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन
मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन

। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका ‘नेलिस’ एलआरएमआइएस तथा मेरो कित्ता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो ।

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन गर्नेछ ।

मन्त्रालयका सहसचिव धोलकराज ढकालको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना प्रविधि निर्देशक प्रतिनिधि, मन्त्रालयका उपसचिव देवेन्द्र सापकोटा, उपसचिव रामचन्द्र रेग्मी, लेखा अधिकृत दिगम्बर रिजाल र शाखा अधिकृत लोकमणि खनाल सदस्य छन् । कम्प्युटर इन्जिनियर दुबेश श्रेष्ठ सदस्य सचिव छन् ।



समितिलाई हार्डवेयर तथा सफ्टवेयर खरिदसम्बन्धी सम्पूर्ण विवरण र कागजात अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, खरिद प्रक्रिया प्रचलित मापदण्डअनुसार भए/नभएको जाँच गर्ने र खरिद गरिएका उपकरण तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताको स्थलगत निरीक्षण गर्ने कार्यादेश छ ।

यसैगरी, खरिद प्रक्रियामा सम्भावित अनियमितता वा सार्वजनिक स्रोतको दुरूपयोग भए/नभएको जाँचबुझ गरी अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सुधारका लागि स्पष्ट सुझावसहित प्रतिवेदन पेस गर्न समितिलाई भनिएको छ ।

समितिको अध्ययनले भूमि प्रशासनसँग सम्बन्धित डिजिटल प्रणाली तथा तिनका लागि खरिद गरिएका उपकरणको प्रभावकारिता र सार्वजनिक स्रोतको उपयोगबारे वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई ...
। बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्‍याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिए । सेनाको टोलीले वस्तुगत अवस्था बुझ्दै उद्धार तथा ...
: नेपाल-चीनबीचको उत्तरी तातोपानी नाका पाँच सातादेखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् भने राज्यले दैनिक करोडौँ राजस्व गुमाउँदै आएको छ। सरकारले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद गरिरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। ‘तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाली पक्षलाई कुनै समस्या छैन। पहिरोले अवरुद्ध भएको सडक पनि सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले ...
: सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नवलपुर–मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म ...
। गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले ...