मुख्य समाचार
महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताए
महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताए

। नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ ।

‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरू बिर्सिसकेका छन् । आज जनताहरू यति धेरै आतंकित छन् कि अब हामीलाई आतंक मुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोको जनताको मागका इस्युहरू नै डाइभर्ट भएको स्थिति छ,’ उनले भने ।

अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यसवर्ष महंगीले चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ ।

‘दशैँँ, तिहार, छठ, ल्होसार लगायतका पर्वहरू आइरहँदा महङ्गीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरूले यी पर्वहरू मनाएका थिए, यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ । खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशत भन्दा बढी बढेको छ । दैनिक जबन जनजीवन निकै अस्तव्यस्त छ ।’

उनले जनता पछिल्लो समय आतंकित बनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको ...
। मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुन:आधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि ...
। मलेसिया सरकारले सीमित नेपाली म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लिने व्यवस्था गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यो प्रणालीप्रति नेपाल सरकारले असहमति जनाउँदै कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफमा मलेसिया सरकारले यो प्रणालीमा आफू अडिग रहेको बताएको छ । मलेसिया सरकारले शुरुमा नेपालका २५ वटा मेनपावर कम्पनीले मात्रै मलेसिया कामदार पठाउन ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्न रुससँग डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका छन्। सहमतिसँगै ट्रम्प प्रशासनले युक्रेन युद्धका कारण मस्कोको राजस्व रोक्ने उद्देश्यले रुसी इन्धनमाथि लगाउँदै आएको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरेको छ। ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी र विश्वव्यापी बजारका लागितुरुन्तै ३ लाख टन डिजेल ...