मुख्य समाचार
मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु
मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु

। मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुन:आधार शिविर पुगेका हुन् ।

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए ।

‘हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौं’, उनले भने, ‘मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।’

असोज ८ देखि ११ गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो । मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुन:आरोहण सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘हाल हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल छ’, उनले भने, ‘भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम छ ।’

शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धौलागिरि आरोहण अनुमतिवापत रु ८२ लाख ४२ हजार ५० दस्तुर सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । पर्वतारोहीहरूको समन्वय गर्दै आउनुभएका म्याग्दीको दानाका ब्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका पर्वतारोहीको टोली पनि धौलागिरिको आधार शिविर पुगिसकेको बताए ।

गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए भने । छिनछिनमै परिवर्तन भइरहने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहण बढी जोखिमपूर्ण, कठिन र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्वीस–अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरि हिमालको शिखरमा पहिलोपटक पाइला राखेपछि यहाँ आरोहण सुरु भएको थियो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरि शिखरमा पुगिसकेको विवरण छ ।

धवलागिरिमा हिमाल आरोहणका साथै पर्यटकहरू ‘राउन्ड धवलागिरि’ पदयात्राका लागि पनि जाने गर्छन् । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर नौ दिनमा टुङ्गिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ । ‘जनताले विकास, समृद्धि, सुखका ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको ...
। मलेसिया सरकारले सीमित नेपाली म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लिने व्यवस्था गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यो प्रणालीप्रति नेपाल सरकारले असहमति जनाउँदै कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफमा मलेसिया सरकारले यो प्रणालीमा आफू अडिग रहेको बताएको छ । मलेसिया सरकारले शुरुमा नेपालका २५ वटा मेनपावर कम्पनीले मात्रै मलेसिया कामदार पठाउन ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्न रुससँग डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका छन्। सहमतिसँगै ट्रम्प प्रशासनले युक्रेन युद्धका कारण मस्कोको राजस्व रोक्ने उद्देश्यले रुसी इन्धनमाथि लगाउँदै आएको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरेको छ। ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी र विश्वव्यापी बजारका लागितुरुन्तै ३ लाख टन डिजेल ...