मुख्य समाचार
भासिएको सडकखण्डमा ब्याक कटिङको काम सुरु
भासिएको सडकखण्डमा ब्याक कटिङको काम सुरु

: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौंदी नजिकै भासिएको सडकखण्डमा ब्याक कटिङको काम सुरु गरिएको छ। सडक फराकिलो बनाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

आज बिहानबाट सुरु भएको काममा दुईवटा स्काभेटर प्रयोग गरी करिब २० मिटर भित्तो काटिनेछ। कुनै समस्या नआए शनिबार साँझसम्म सडक खुलाउने लक्ष्य रहेको सडक विभागले जनाएको छ।

नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक भासिएको क्षेत्रमा भित्तो काटेर सवारी सञ्चालनमा ल्याइनेछ। गलौंदीमा त्रिशूली नदीले नदीतर्फबाट कटान गरेपछि करिब ६० मिटर सडकखण्डमा समस्या आएको हो।

पृथ्वी राजमार्ग हुँदै सामान्य अवस्थामा दैनिक १७ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। दसैंका बेला यो संख्या दोब्बरसम्म पुग्ने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएको भागमा थप समस्या उत्पन्न भएपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

गल्छी-नौबिसे-काठमाडौं सडकखण्ड सुचारु

धादिङको गल्छी गाउँपालिका-७ स्थित मछेडी खोलानजिक पल्टिएको ग्यास बुलेट उठाएपछि गल्छी-नौबिसे-काठमाडौं सडकखण्ड सुचारु भएको छ। भारतीय नम्बर प्लेटको एचआर ३८ एएल ३१६७ नम्बरको ग्यास बुलेट पल्टिएपछि ग्यास लिक भएर हुने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा यातायात आवागमन रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ । ‘जनताले विकास, समृद्धि, सुखका ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको ...
। मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुन:आधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि ...
। मलेसिया सरकारले सीमित नेपाली म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लिने व्यवस्था गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यो प्रणालीप्रति नेपाल सरकारले असहमति जनाउँदै कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफमा मलेसिया सरकारले यो प्रणालीमा आफू अडिग रहेको बताएको छ । मलेसिया सरकारले शुरुमा नेपालका २५ वटा मेनपावर कम्पनीले मात्रै मलेसिया कामदार पठाउन ...