मुख्य समाचार
केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेका गएका साथीहरूलाई समेत फर्काउने दाबी
केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेका गएका साथीहरूलाई समेत फर्काउने दाबी

। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेका गएका साथीहरूलाई समेत फर्काउने दाबी गरेका छन् ।

शनिबार १५ औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।

‘जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीको नेताहरूमात्रै होइन, त्योभन्दा बढी अझ पार्टीका शुभचिन्तक साथीहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छाडेर जानुभएको छ । ती साथीहरूलाई हामी फर्काउँछौं,’ थापाले भनेका छन् ।

उनले असन्तुष्ट साथीहरूलाई पनि कांग्रेसकै घरमा आउँ आउँ लाग्ने बनाएरै छाड्ने बताए ।

‘ती साथीरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवार, आउँ आउँ लाग्ने बनाएर छाड्छौं भन्ने संकल्पबाट हामी यात्रा प्रारम्भ गर्छौं,’ थापाले भने ।

उनले अब आफूहरू काम गर्ने तरिका बदलेर अघि बढ्ने जिकिर पनि गरे ।

‘काम गर्ने तरिका बदल्ने छौं । काम गर्ने तरिका बदलेर सबैभन्दा पहिला जो साथीहरू हामीसँग हुनुहुन्छ, उहाँहरूको भरोसालाई अझै माथि उठाउने नै छौं,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ । ‘जनताले विकास, समृद्धि, सुखका ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको ...
। मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुन:आधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि ...
। मलेसिया सरकारले सीमित नेपाली म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लिने व्यवस्था गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यो प्रणालीप्रति नेपाल सरकारले असहमति जनाउँदै कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफमा मलेसिया सरकारले यो प्रणालीमा आफू अडिग रहेको बताएको छ । मलेसिया सरकारले शुरुमा नेपालका २५ वटा मेनपावर कम्पनीले मात्रै मलेसिया कामदार पठाउन ...