मुख्य समाचार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि

: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्।

प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ६५६ खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशीको प्रतिनिधित्व गर्नेछन्। कोशी प्रदेश खेलकुद विकास बोर्डले यसपटक राष्ट्रिय प्रतियोगितामा सकेसम्म धेरै पदक जित्ने लक्ष्य राखेको छ। त्यसका लागि खेलाडी छनोटलाई व्यवस्थित बनाउने, योग्य खेलाडीलाई नियमित प्रशिक्षणमा सहभागी गराउने र प्रतियोगिताअघि बन्द प्रशिक्षणमार्फत तयारी गराउने योजना बनाइएको बोर्डका सदस्यसचिव विप्लव घोषले बताए।

छनोटको प्रारम्भिक चरणअन्तर्गत बोर्डले असोज ७ गते सूचना जारी गरी असोज १९ गतेसम्म सम्बन्धित जिल्लामा आफू सहभागी हुन चाहेको खेलका लागि फारम भर्न खेलाडीलाई आह्वान गरेको थियो। बोर्डका अधिकृत विनोद पाण्डेका अनुसार निर्धारित अवधिमा ३ हजार ७६५ महिला र ५ हजार ५४५ पुरुष गरी ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएका छन्। दर्ता भएका खेलाडीको संख्याका आधारमा मोरङ पहिलो स्थानमा छ।

मोरङबाट ४६० महिला र ८२० पुरुष गरी १ हजार २८० जनाले नाम दर्ता गराएको जानकारी पाण्डले दिए। उनका अनुसार उदयपुरबाट १ हजार ९९ र खोटाङबाट ९९७ खेलाडी छनोट प्रक्रियामा सहभागी हुनेछन्। त्यस्तै पाँचथरबाट ८८१, संखुवासभाबाट ८१५, झापाबाट ७५६, भोजपुरबाट ६१० र इलामबाट ६०८ खेलाडीले नाम दर्ता गराएका छन्। ओखलढुंगाबाट ५२०, ताप्लेजुङबाट ५१२, सुनसरीबाट ५०९, धनकुटाबाट ३२५, सोलुखुम्बुबाट २८६ र तेह्रथुमबाट ११२ खेलाडीले फारम भरेको पाण्डेले बताए।

दुई चरणको प्रतिस्पर्धापछि अन्तिम टोली
नाम दर्ता गराएका सबै खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छैनन्। उनीहरूले पहिले जिल्लास्तरीय छनोट र त्यसपछि प्रदेशस्तरीय प्रतिस्पर्धा पार गर्नुपर्नेछ। जिल्लास्तरीय छनोट असोज २३ गते शुक्रबारदेखि संखुवासभाबाट सुरु भएको हो। असोज २९ गतेसम्म १४ वटै जिल्लाको छनोट सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी पाण्डेले दिए।

जिल्लास्तरबाट छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुनेछन्। बोर्डले कात्तिक १२ गतेदेखि प्रदेशस्तरीय छनोट सुरु गर्ने र कात्तिक २१ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि ३४४ पुरुष र ३१२ महिला गरी ६५६ खेलाडीको अन्तिम टोली तयार हुनेछ।

बोर्डका सदस्यसचिव घोषका अनुसार छनोटमा योग्य ठहरिएका खेलाडीलाई मंसिर १ गतेदेखि बन्द प्रशिक्षणमा राखिनेछ। निष्पक्ष र धाँधलीरहित छनोटमार्फत उत्कृष्ट खेलाडी छान्ने तथा पदक जित्ने सम्भावना भएका खेलाडीलाई विशेष तयारी गराउने बोर्डको योजना छ। ‘धेरैभन्दा धेरै पदक प्राप्त गर्ने लक्ष्यका साथ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ। यसपटकको राष्ट्रिय प्रतियोगितामा कोशीले राम्रै प्रदर्शन गर्ने अपेक्षा गरेका छौँ,’ घोषले भने।

स्वर्णलाई दुई लाख, रजतलाई एक लाख
खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा पदक जित्न प्रोत्साहित गर्न बोर्डले नगद पुरस्कारको व्यवस्था गरेको छ। बोर्डको ३६औँ बैठकले स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको हो।

बोर्डले पुरस्कारलाई प्रतियोगितामा प्राप्त सफलतामा मात्र सीमित नराखी खेलाडीलाई त्यसपछिका प्रतियोगिताका लागि पनि सक्रिय राख्ने योजना बनाएको छ। यसका लागि स्वर्ण पदक विजेतालाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी भइरहेको घोषले बताए। ‘पदक जित्ने खेलाडीलाई प्रतियोगितापछि पनि खेलमै सक्रिय राख्न आवश्यक छ। त्यसका लागि मासिक प्रोत्साहन र अन्य सुविधाका विषयमा पनि अध्ययन भइरहेको छ,’ उनले भने।

खेलाडी उत्पादनलाई प्रतियोगितामा सहभागितामा मात्र सीमित नराखी नियमित प्रशिक्षण, प्रतिस्पर्धाको अवसर र दीर्घकालीन प्रोत्साहनसँग जोड्ने नीति बोर्डले अघि सारेको छ। पदक विजेतालाई पुरस्कार र प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्थाले खेलाडीको क्षमता विकासमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

३२ खेलमा सहभागिता, ७८२ सदस्यीय टोली
कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन्। कोशी प्रदेशले सबै खेलमा सहभागिता जनाउने तयारी गरेको सदस्यसचिव घोषले बताए। राष्ट्रिय प्रतियोगितामा कोशीका तर्फबाट ६५६ खेलाडी सहभागी हुनेछन्। खेलाडीबाहेक ८१ जना प्रशिक्षक र ४० जना अफिसियल रहनेछन्। खेलाडी, प्रशिक्षक र अफिसियलसमेत गरी प्रदेशको कुल टोली ७८२ जनाको हुनेछ।

प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन बोर्डले प्रादेशिक रंगशालामा दशौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको सचिवालय स्थापना गरेको छ। दसैंपछि अस्थायी तथा स्थायी प्रशिक्षक र स्वयंसेवकलाई सहभागी गराएर रिफ्रेसमेन्ट कोर्स सञ्चालन गर्ने तयारी पनि गरिएको छ। प्रदेशको खेलकुद स्तर सुधार गर्न नियमित प्रशिक्षण, प्राविधिक अनुभव आदानप्रदान र खेलाडीको दीर्घकालीन विकासमा जोड दिइने बोर्डले जनाएको छ।

छनोट, बन्द प्रशिक्षण र प्रतियोगिता व्यवस्थापनका कामलाई प्रभावकारी बनाएर राष्ट्रिय खेलकुदमा कोशीको पदक संख्या बढाउने लक्ष्य राखिएको घोषले बताए। ९ हजारभन्दा बढी खेलाडीको प्रतिस्पर्धाबाट छानिने ६५६ खेलाडीले मंसिरमा हुने राष्ट्रिय खेलकुदमा कोशीको चुनौती प्रस्तुत गर्ने जानकारी उनले दिए। खेलाडीको तयारी, प्रदर्शन र पदक उपलब्धिले प्रदेशले राखेको लक्ष्य पूरा हुने विश्वास घोषले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
: नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो। शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो। नेपाल, ओमान र ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो । मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र ...
— राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ । राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य, राखेपका बोर्ड सदस्यलगायतको ...