मुख्य समाचार
प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ
प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ

: कपिलवस्तुमा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहीबार राति करिब १२ः३० बजे कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर–मलंगवा अगाडि चन्द्रौटा–कृष्णनगर सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषधजस्तो देखिने पदार्थ फेला पारेको हो।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ ३७० मिलिग्राम, आइफोन एक्स कम्पनीको एउटा मोबाइल, हिरो कम्पनीको एउटा सादा मोबाइल र १० रुपैयाँका दुई थान नेपाली नोट बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ भगवानपुर निवासी २२ वर्षीय संगम सेन र २३ वर्षीय कृष्ण परियार रहेका छन्।

दुवै जनालाई नियन्त्रणमा लिएर कपिलवस्तु जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका छन् । एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा अयाोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई ...
: गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो। गृह मन्त्रालयले सुरक्षा निकायलाई कार्यविधिमा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू इतिहासको ब्याज खान नआएको भनेर युवामाझ जाने बताएका छन् । सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं– नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौं,’ सभापति ...
। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेका गएका साथीहरूलाई समेत फर्काउने दाबी गरेका छन् । शनिबार १५ औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हन् । ‘जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीको नेताहरूमात्रै होइन, त्योभन्दा बढी अझ पार्टीका शुभचिन्तक साथीहरू, पार्टीका ...
। नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा सत्यमा रहेर मात्र नहुने भन्दै सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्ने बताए ...