मुख्य समाचार
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताए
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताए

: नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्। सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।

‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,’ उनले भने।

विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उनको भनाइ थियो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने उनले बताए।

‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने।

सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताए। खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई सँगै लिएर अघि बढ्ने उनको भनाइ थियो।

थापाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उनको प्रतिबद्धता थियो।

‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’

महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए।

कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि उनले स्पष्ट पारे। कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए।‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनले भने।

कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका छन् । एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा अयाोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई ...
: गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो। गृह मन्त्रालयले सुरक्षा निकायलाई कार्यविधिमा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू इतिहासको ब्याज खान नआएको भनेर युवामाझ जाने बताएका छन् । सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं– नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौं,’ सभापति ...
। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेका गएका साथीहरूलाई समेत फर्काउने दाबी गरेका छन् । शनिबार १५ औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हन् । ‘जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीको नेताहरूमात्रै होइन, त्योभन्दा बढी अझ पार्टीका शुभचिन्तक साथीहरू, पार्टीका ...
। नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा सत्यमा रहेर मात्र नहुने भन्दै सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्ने बताए ...