मुख्य समाचार
डोनेत्स्कमा युक्रेनको जवाफी आक्रमण तीव्र
डोनेत्स्कमा युक्रेनको जवाफी आक्रमण तीव्र

युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्कमा रुसी सेना निरन्तर पछि हटिरहेको छ । क्रेमलिन समर्थक टेलिग्राम च्यानल राइबरले बुधबार रुसी सेनाले लाइमान सहरको दक्षिणतर्फका गाउँहरू गुमाइरहेको जनाएको छ ।

रुसी सेनाले स्लोभियान्स्क र क्रामाटोर्स्क सहरमा व्यापक आक्रमण गर्न आधारका रूपमा प्रयोग गर्ने उद्देश्यले लाइमान कब्जा गर्ने प्रयास गर्दै आएको थियो । यी दुवै सहरलाई युक्रेनको किल्लाबन्द क्षेत्रका प्रमुख सहर मानिन्छन् ।

यस वर्ष युक्रेनले सञ्चालन गरेको ‘अपरेसन भिवाल्डी’ नामक जवाफी आक्रमणका क्रममा लाइमान आसपास रुसी कब्जामा रहेका १७५ वर्ग किलोमिटर (६७ वर्ग माइल) भूभाग पुन: आफ्नो नियन्त्रणमा लिएको छ ।

‘शत्रुले लाइमान क्षेत्रमा हासिल गरेका सफलतालाई स्लोभियान्स्कको पूर्वतर्फ आक्रमण विस्तार गर्न प्रयोग गरिरहेको छ । रुसी सेना आफ्नै आक्रमण अघि बढाउनुको सट्टा पहिले कब्जा गरेका स्थानको रक्षा गर्न र ती क्षेत्रमाथि पुन: नियन्त्रण कायम गर्न स्रोतसाधन खर्च गर्न बाध्य छन्,’ राइबरले लेखेको छ ।



स्लोभियान्स्कको पूर्वमा रहेको क्रिभा लुका गाउँमा महत्त्वपूर्ण भिडन्त हुनसक्ने देखिएको छ । सेभेर्स्की डोनेत्स नदीको दाहिने किनारमा अग्लो भूभागमा रहेको त्यो गाउँ रुसी नियन्त्रणमा छ । त्यहाँबाट पूर्वतर्फ थप जवाफी आक्रमण सञ्चालन गर्न सकिने सम्भावना छ ।



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै अपरेसन भिवाल्डी सफल भएपनि अभियान अझै पूरा नभएको बताएका छन् ।

क्रिभा लुकासम्म पुग्न युक्रेनले त्यसको पश्चिममा रहेका बस्तीहरू पुन: कब्जा गरेको रुसी स्रोतहरूले पनि स्वीकार गरेका छन् । उनीहरूले कब्जा नगरिएका बस्तीसमेत आफ्नो नियन्त्रणमा आएको दाबी गर्ने रुसी सञ्चार रणनीतिले आक्रमणको योजना सार्वजनिक गरिदिएको आरोप लगाएका छन् ।

‘समयअगावै गरिएका घोषणाले युक्रेनलाई सहयोग पुर्‍याए,’ राइबरले लेखेको छ, ‘केही गाउँमा रुसी सेना पुग्नुअघि नै तिनलाई मुक्त गरिएको घोषणा गरियो । यसले शत्रुलाई त्यहाँ आफ्ना सेना जम्मा गर्ने र जवाफी आक्रमण गर्ने अवसर दियो ।’

जवाफी आक्रमण सुरु गर्नुअघि युक्रेनले लाइमान क्षेत्रमा सैन्य रिजर्भ फौज तयार पारेको थियो । त्यसको परिणाम अहिले देखिन थालेको छ ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसी सेनासम्म गोलाबारुद र इन्धन पुग्ने आपूर्ति मार्ग अवरुद्ध पार्ने अभियानअन्तर्गत सेप्टेम्बरमा हवाई प्रतिरक्षा प्रणालीका साधन र अग्रपङ्क्तिबाट ५० किलोमिटरभन्दा टाढाका लक्ष्यमा कीर्तिमानी सङ्ख्यामा आक्रमण गरिएको थियो ।



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसले युक्रेनको १ हजार ३०० वर्ग किलोमिटर (५०० वर्ग माइल) भूभाग कब्जा गरेको दाबी गरेका थिए । उनका सैन्य अधिकारीहरूले पनि यस्तै दाबी गरेका थिए ।

तर, भूउपग्रहबाट प्राप्त स्थान पहिचान गर्न सकिने खुला स्रोतका तथ्याङ्क प्रयोग गरी भूभागमा भएको परिवर्तन निगरानी गर्ने इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार रुसले सेप्टेम्बरमा वास्तवमा ८० वर्ग किलोमिटर (३० वर्ग माइल) भूभाग गुमाएको थियो ।

युक्रेनी सेनाका अनुसार सेप्टेम्बरमा रुसी सेनाको हताहती सन् २०२६ कै उच्च बिन्दुमा पुगेको थियो । उक्त महिनामा ४६ हजार २३० रुसी सैनिक मारिएका वा घाइते भएका थिए ।

युक्रेनका अनुसार तीमध्ये ३३ हजार ८७ जना अर्थात् ७० प्रतिशतभन्दा बढी सैनिक मारिएका थिए ।

युक्रेनको मानवरहित प्रणाली बलका कमान्डर रोबर्ट ब्रोभ्दीले अक्टोबरका सुरुका पाँच दिनमा रुसी सेनाको हताहती सेप्टेम्बरको सोही अवधिको तुलनामा ४० प्रतिशत बढेको बताएका छन् ।

युक्रेनी सेनाले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता १५ लाख ४५ हजार ९५० रुसी सैनिक मारिएका वा घाइते भएका छन् ।

रुसभित्रका ऊर्जा संरचनामा युक्रेनको आक्रमण

युक्रेनले रुसभित्र लामो दूरीबाट प्रहार गर्न सकिने हतियार प्रयोग गरेर आक्रमण जारी राखेको छ । रुसी अर्थतन्त्र र सेनालाई इन्धनको आपूर्तिबाट वञ्चित गर्ने रणनीतिअन्तर्गत अक्टोबर २ मा भोल्गोग्राद र अक्टोबर ८ मा बास्कोर्तोस्तानका तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको थियो ।

युक्रेनी सेनाका अनुसार रुसी तेल प्रशोधन क्षमताको ५१ प्रतिशतभन्दा बढी हिस्सा निष्क्रिय पारिएको छ ।

युक्रेनले समारास्थित तेल उत्पादन तथा वितरण केन्द्रमा पनि आक्रमण गरेको थियो । युक्रेनी जनरल स्टाफले उक्त केन्द्रलाई तेल प्राप्त गर्ने, भण्डारण गर्ने र विभिन्न प्रकारका तेल मिसाउने प्रमुख केन्द्रका रूपमा वर्णन गरेको छ ।


युक्रेनी सेनाका अनुसार उक्त आक्रमणमा २० हजार टन क्षमताका ११ वटा र ५० हजार टन क्षमताका तीनवटा भण्डारण ट्याङ्की ध्वस्त भएका थिए ।

युक्रेनले रुसी सैन्य केन्द्रमा पनि आक्रमण गरेको छ । बुधबार एस्ट्राखान ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरिएको थियो । उक्त केन्द्रबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सल्फर निकालिन्छ ।

अक्टोबर ४ मा अडिगेया क्षेत्रको हवाई अड्डामा रहेका सुखोई एसयू–३५ बहुउद्देश्यीय लडाकु विमान र सुखोई एसयू–३४ लडाकु बमवर्षक विमान ध्वस्त पारिएको युक्रेनले जनाएको छ । त्यसैगरी, ब्रियान्स्कस्थित सेस्चा हवाई अड्डामा पनि आक्रमण गरिएको थियो ।

रुसले कब्जा गरेका क्षेत्रहरूमा विद्युत् आपूर्ति गर्ने संरचना ध्वस्त पार्ने उद्देश्यले युक्रेनले मध्यम दूरीका हतियार प्रयोग गरेर आक्रमण गरिरहेको छ । –अलजजीराबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार दिउँसोसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल १.१० डलर अर्थात् १.१ प्रतिशतले घटेर १०३.१८ डलरमा झरेको थियो । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ४९ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर ९१ ...
। मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही ...
: भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले बताएका छन्। बजार गुम्दै जाँदा उद्योगहरू बन्द हुने जोखिम बढेको भन्दै उनीहरूले तत्काल नीतिगत हस्तक्षेप गरी उद्योग संरक्षण गर्न सरकारसँग माग गरेका छन्। नेपालको औद्योगिकीकरणको सुरुवाती चरणदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको जुट उद्योग पछिल्लो समय गम्भीर ...
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले होर्मुज जलमार्गमा अवरुद्ध आवागमन पुन: सञ्चालन गर्न महिनौँदेखि गरिएका प्रयास सफल हुन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन् । इस्तानबुलमा आयोजित अन्तर्राष्ट्रिय न्याय सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले त्यसबारे दु:ख व्यक्त गरेका हुन् । उनले अन्तर्राष्ट्रिय सम्झौताहरूको बेवास्ता बढ्दैगएको र अन्तर्राष्ट्रिय अदालतका निर्णयसमेत कार्यान्वयन हुन छाडेको भन्दै चिन्ता व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय सम्झौताहरूले ...
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग हुने वार्ता दबाब र धम्कीबिना अघि बढे मात्रै सफल हुने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) को शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले यस्तो बताएका हुन् । इरानले थकाइलाग्दो प्रतिस्पर्धाको सट्टा सहकार्य, एकपक्षीय निर्भरताको सट्टा पारस्परिक अन्तरनिर्भरता तथा धम्कीको सट्टा विश्वास र साझा हितमा आधारित सुरक्षा चाहेको उनले बताए । राष्ट्रपति ...