मुख्य समाचार
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ

। सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए ।

संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो ।
उनलाई आजैबाट लागू हुनेगरी बर्खास्त गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी उनलाई विभागीय कारबाही गरिएको हो ।

दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।

जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ ।

गृह मन्त्रालयले मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचारणविरुद्धका कार्यहरू संवेदनशील गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर गर्ने गतिविधिमा सुक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको छ । सीमित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लैजाने व्यवस्था स्वीकार गर्न नसकिने भन्दै नेपालले कूटनीतिक नोट पठाएकोमा मलेसियाले श्रमिकको हित संरक्षण र भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गरिएको भन्दै त्यसैमार्फत श्रमिक भर्ना गर्ने जवाफ दिएको हो ...
। लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेराका चेतबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई शुक्रबार साँझ लमही नगरपालिका–१ सुनडबरीमा ...
। कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् । उनकाअनुसार ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानबेरा अष्ट्रेलियाकी गभर्नर–जनरल साम मोस्टिनबीच भेटघाट भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको ६ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हित, आगामी कोप–३१ मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्व चेतावनी प्रणाली लगायतका विषय स्थापना गर्ने) साथ र समर्थनको ...
। गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ । ‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील ...