मुख्य समाचार
दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट खाना पकाउने ग्यास बिक्री गरिने
दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट खाना पकाउने ग्यास बिक्री गरिने

: दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट खाना पकाउने ग्यास बिक्री गरिने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार सूचना जारी गर्दै असोज २५ गतेदेखि ३१ गतेसम्म नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा बिहान ९:३० देखि साँझ ४:३० बजेसम्म ग्यास बिक्री गरिने जानकारी दिएको छ।

संघका अनुसार सिफलचौरबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजुबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यासको बिक्री गरिनेछ।

यी स्थानहरूबाट सिलिन्डर साटफेर पनि गर्न सकिने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् । उनकाअनुसार ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानबेरा अष्ट्रेलियाकी गभर्नर–जनरल साम मोस्टिनबीच भेटघाट भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको ६ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हित, आगामी कोप–३१ मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्व चेतावनी प्रणाली लगायतका विषय स्थापना गर्ने) साथ र समर्थनको ...
। गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ । ‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेकी छिन् । मन्त्री गौतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरू प्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताइन् ...
। सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा मातहतको इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलमा खोजतलास गर्ने क्रममा ...