मुख्य समाचार
बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह
बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह

। सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले यस्तो सुझाव दिएका हुन् ।

उनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न जग्गा सट्टापट्टाको व्यवस्था गर्नुपर्ने र नदी करिडोरमा आधारित पूर्वाधारको विकल्प खोज्नुपर्नेमा जोड दिए । एसएसपी कर्णजितले हालैका बाढी–पहिरोका घटनाले बस्तीहरू नै उच्च जोखिममा रहेको पुष्टि गरेको उल्लेख गर्दै दीर्घकालीन पुनर्स्थापनाका लागि ‘फ्लड लाइन’ को अवधारणा कडाइका साथ लागू गर्नुपर्ने बताए ।

‘पहिलो, सुरक्षित बस्ती स्थानान्तरण। अस्थायी तथा दीर्घकालीन पुनर्स्थापना गर्दा बाढीको जोखिम क्षेत्रभन्दा तल बस्ती बसाल्न नपाउने नीतिगत व्यवस्था गर्नुपर्छ । निजी जग्गा भएका पीडितलाई सुरक्षित स्थानमा सरकारी जग्गा उपलब्ध गराई लालपुर्जासहित पुनर्स्थापना गर्न सके दीर्घकालीन समस्या समाधान गर्न सहज हुन्छ । दोस्रो, सडक तथा पुलको पुनर्निर्माण। रसुवाका तीनवटा गाउँपालिका सम्पर्कविहीन भएकाले तत्काल राहत र पुनर्स्थापनाका लागि सडक तथा पुलको सम्पर्क जोड्नुपर्छ,’ उनले भने ।

निजी जग्गा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सरकारी वा ऐलानी जग्गा उपलब्ध गराई लालपुर्जासहितको सट्टापट्टा गर्ने नीति ल्याएमा पुनर्स्थापना कार्य प्रभावकारी हुने बताए ।

पूर्वाधारको हकमा उहाँले तत्कालका लागि राहत र पुनर्जीवन दिन पुरानै स्थानमा काम गर्नुपर्ने भएपनि दीर्घकालीन पुनर्निर्माणमा रिभर करिडोरको सट्टा उच्च भाग वा माउन्टेन रिजबाट सडक सञ्जाल विस्तार गर्नुपर्ने सुझाव दिए । छलफलका क्रममा उहाँले पूर्वसूचना प्रणालीलाई थप बलियो र आधुनिक बनाउनुपर्ने औंल्याए ।

हाल प्रचलनमा रहेको एसएमएस सूचना प्रणाली प्रभावकारी नभएको जिकिर गर्दै उनले सेल ब्रोडकास्टिङ सिस्टम अपनाउन सुझाव दिए ।

‘दीर्घकालीन पुनर्निर्माण गर्दा पुरानै स्थानमा ठूलो लगानी गर्नुभन्दा बाढी, पहिरो तथा भौगर्भिक जोखिमको अध्ययन गरी सुरक्षित स्थानमा सडक निर्माण गर्ने विषयमा सम्बन्धित मन्त्रालयले छलफल गर्नुपर्छ । तेस्रो, प्रभावकारी पूर्वसूचना प्रणाली । हालको बाढीले पूर्वसूचना प्रणालीका संरचनासमेत बगाएकाले ठूला विपद्लाई समेत ध्यानमा राखेर दोहोरो पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ,’ उनले भने, ‘एसएमएसमा मात्र निर्भर नभई तत्काल सबैको ध्यानाकर्षण गराउने सेल ब्रोडकास्टिङ सिस्टम लागू गर्न आवश्यक छ । यसका लागि तयार भइसकेका अध्ययन प्रतिवेदनका आधारमा सरकार र दातृ निकायसँग समन्वय गरी शीघ्र कार्यान्वयन गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेराका चेतबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई शुक्रबार साँझ लमही नगरपालिका–१ सुनडबरीमा ...
। कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् । उनकाअनुसार ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानबेरा अष्ट्रेलियाकी गभर्नर–जनरल साम मोस्टिनबीच भेटघाट भएको छ । भेटमा नेपाल र अष्ट्रेलियाबीचको ६ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हित, आगामी कोप–३१ मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्व चेतावनी प्रणाली लगायतका विषय स्थापना गर्ने) साथ र समर्थनको ...
। गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ । ‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेकी छिन् । मन्त्री गौतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरू प्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताइन् ...